बनिनसक्दै भत्किन थाल्यो कालोपत्रे, बेलबारी नगरपालिकाले बजेट रोकिदिने

  • २३ भाद्र २०८१, आईतवार

बेलबारी वडा न ६ को ५ सय ५४ मिटर कालोपत्रे निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ।

बेलबारी नगरपालिकाको नगर-वडा साझेदारी योजना अन्तर्गत बेलबारी वडा न ६ को कालोपत्रे निर्माणमा ठेकेदार लोहित गङ्गा निर्माण सेवा बुढीगंगाले लापरबाही गरेको हो । नगरपालिकाका नगर -प्रमुख, उप-प्रमुख, प्राबिधिक ,वडा अध्यक्ष, वडा सदस्य र स्थानीय सहितको टोलीले अनुगमन गर्दा यस्तो पाइएको हो । ठेकेदारले कसैलाई थाहा नै नदिई राति २ बजे  कालो पत्रे गरेको स्थानीय बासिन्दाले बताएका छन् ।  सडकमा बनाएको कालोपत्रे ठाउँ ठाउँमा उकिन थालेको छ ।

अनुगमनबाट गरिएको कालो पत्रे फेरि ग्रेडर प्रयोग गरी भत्काएर कालो पत्र नगरे भुक्तानी रोकिदिने नगर -प्रमुख दिल प्रसाद राइले बताएका छन् ।