कन्तुर सहकारीले दिन्छ बेहुलीलाई शेयर र  सुत्केरीलाई भाले उपहार

  • २४ भाद्र २०८१, सोमबार

पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले बेहुलीलाई शेयर उपचार र सन्तान उत्पादन गर्दा भाले प्रदान गर्दै आएको छ ।
सहकारी संस्थाको आइतबार २३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख रहेको छ । शेयरधनी वा शेयर सदस्यका छोराले बेहुली ल्याएमा हजार रुपैयाको शेयर उपचार दिने र २ सन्तान उत्पादनहुँदा भाले वा पोसिलो पदार्थ खान २ हजार प्रदान गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
कन्तुरले जेष्ठ सदस्यलाई बृद्ध भत्ता र शेयर सदस्यको मृत्यु हुँदा २० हजारसम्म र सदस्यको आफन्तको मृत्यु हुँदा २ हजारको दरले राहत रकम प्रदान गर्दै आएको छ ।
कन्तुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पर्शुराम गुरुङले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक बुद्धकुमार विष्टले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी संस्थामा एक हजार सात सय २५ शेयर सदस्य रहेका छन् । संस्थामा ३ करोड १ लाख ९० हजार १०० शेयर पुँजी, १५ करोड ९६ लाख ४१ हजार ३६१ निक्षेप रहेको छ । गएको एक बर्षमा संस्थाले ४३ लाख ३५ हजार ९ सय ७१ रुपैयाँ खुद नाफा रहेको सहकारी संस्थाका प्रमुख व्यवस्थापक तुलशी बस्नेतले बताउनु भयाे।
सहकारी संस्थाको पथरीशनिश्चरे १ मा १ कट्ठा ७ धुर र १ कट्ठा १२ धुर, वडा नं. ३ मा १४ कट्ठा ७ धुर गरी ३ कित्ता जग्गा रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईले कन्तुर बहुउदेश्य सहकारी संस्था सहकारी सिद्धान्त र नियम अनुसार चलेकोले समस्या नआएको बताउनु भयाे।
कर्यक्रममा राष्ट्रिय सहकारी बैंकका उर्लाबारी शाखा प्रमुख बिबेक रिजालले कन्तुरको बितीय सूचक राम्रो देखिएको सुनाउनु भयाे। देशमा सरकारीहरुमा संकट आएको बेला कन्तुरमा भने समस्या नदेखिएको रिजालले बताउनु भयाे । उद्घाटन सभामा देविप्रसाद दंगाल लगायतले शुभकामना दिएका थिए । संस्थाका सचिव युवराज चौलागाईले सञ्चालन भएको थियो ।