लालिगुराँस साकोसको ३० औं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

  • ३ आश्विन २०८१, बिहीबार

लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं साधारणसभाले नारायण प्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ ।

बिहीबार अर्थात असोज ३ गते बेलबारी बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको साधारणसभाले संचालक समिति र लेखा सुपरिवेक्षण समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा राजेन्द्र थापा, सचिवमा सागर सुवेदी, सह-सचिवमा राजेशजङ्ग कार्की र कोषाध्यक्षमा खगेन्द्र ओझा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु बस्नेत, बिकास बुढाथोकी, तुलसा राइ, गंगादेवी श्रेष्ठ, शान्ता खतिवडा र रन्जना चौधरी चयन भएका छन् ।
साधारणसभाले बिश्वनाथ निरौलाको संयोजकत्वमा राम बहादुर कार्की र सकुन्तला थापा रहेको सर्वसम्मत तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।
सहकारीले निर्वाचनका लागि सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइ, बेलबारी क्याम्पस प्रमुख भुपेन्द्र कोइराला, जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वती बराल, कोशी प्रदेश बचत तथा ऋण संघका अध्यक्ष हरिप्रसाद सुवेदी, नगर सहकारी संजालका अध्यक्ष जगत बहादुर बस्नेत, नेफ्स्कुनका प्रतिनिधि राजकुमार बराल लगायतको आतिथ्यता थियो ।
साधारणसभामा लालीगुराँस अवार्डबाट पुर्व लेखा संयोजक राजकुमार बराललाइ सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट बचतकर्ताको रूपमा सरस्वती भट्टराई र होमनाथ खुलाल, उत्कृष्ट ऋणीमा टेक बहादुर खड्का र गोमादेवी कार्की, उत्कृष्ट वाल वचतकर्तामा नितिशा गौतमलाइ सम्मानित गरिएको छ । सहकारीले पुर्व संचालक सम्मान डिल्लीराम ढकाल र जेष्ठ नागरिक सम्मान ८४ बर्षिय जगत बहादुर खुलाललाइ प्रदान गरेको छ ।
हरेक बर्ष २ पटक रक्तदान आयोजना गर्दै आएको संस्थाले ३० औं साधारणसभाको अबसरमा बिहीबार बिहान खुला रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । जसमा ५८ प्रिण्ट रगत संकलन भएको लालीगुराँस साकोसका ब्यबस्थापक केशव रुपाखेतीले जानकारी दिए ।
आफ्नै भवनमा कार्यालय रहेको लालिगुराँस साकोसले एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको छ । यस सहकारीमा हाल ३ हजार २ सय ५ जना शेयर सदस्य छन् ।
अम्बिका भण्डारी