लर्ड बुद्ध साकोसको २२ औं साधारण सभा

  • १८ आश्विन २०८१, शुक्रबार

मोरङको पथरी शनिश्चरे वडा नम्बर २ को लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ।
वडा नम्बर ०२ को बुद्ध चोकमा मुख्य कार्यालय रहेको उक्त संस्थाको साधारणसभा नर्वदेश्वर शिवालयको सभा हलमा बिहीबार समापन भएको हो।
कुल ३ हजार ३ सय ५२ जना सेयर सदस्य रहेको सो साकोसले आर्थिक वर्ष २०८०/०८१ मा साढे २७ करोडको कारोबार गरेको थियो। वि.सं. २०७४ साल वैशाखदेखि जेष्ठ सदस्य आजीवन भत्ता पेन्सन सुविधा प्रदान गर्दै आएको सो साकोसले मासिक ८ सय ५० का दरले तीन महिनासम्मको एकमुष्ट पेन्सन रकम प्रदान गर्दै आएको साकोसका अध्यक्ष धनराज राई (अमिर) सभामा जानकारी दिनुभयो।
संस्थाका सचिव महेन्द्र ढुङ्गानाले आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति विवरण पेश गर्नुभएको थियो ।
हाल ३ करोड १० लाख कुल सेयर पुँजी रहेको सो संस्थाले मासिक तथा आवधिक बचत, कर्जा प्रवाह कारोबार, सदस्य राहत , जेष्ठ सेयर सदस्यलाई आजीवन भत्ता वितरण , जेष्ठ सदस्य सम्मान, रक्तदान, विद्यार्थी छात्रवृत्ति, सहकारी सम्बन्धी वक्तृत्व कला प्रतियोगिता,, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

सो संस्थामा आर्थिक वर्ष२०८०/०८१ को २७ करोड ५९ लाख ६६ हजार ५ सय ८९ रूपैयाँको आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित ३१ करोड रुपैयाँ बराबरको वार्षिक प्रस्तावित बजेट प्रस्तुत भएका थियो।
संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षतामा भएको सो सभा पथरी शनिश्चरे वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सोही सभामा सोहि संस्थाकी पूर्व सञ्चालक अमृता अधिकारी खत्री सम्मानित भएकी छिन् भने उत्कृष्ट बचत कारोबारकर्ता गङ्गा राई तथा खगेन्द्र कुमार सारू मगर, उत्कृष्ट ऋण कारोबारकर्ता कमला राई तथा अर्जुन सेन्चुरी, उत्कृष्ट बाल बचतकर्तालाई पुरस्कृत गरियो।
सभामा संविधानसभाका सभासद् चण्डीप्रसाद राई, पथरी शनिश्चरे वार्ड नं- २ का वडाध्यक्ष नैना साम्पाङ राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बू, संस्थाका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष दिलबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो।