सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा सम्पन्न

  • २९ बैशाख २०८२, सोमबार

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा  सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा  सम्पन्न भएको छ ।

प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एवम्  उद्योग बाणिज्य संघ प्रदेश उपाध्यक्ष भीम पौडेल, संघका पूर्व अध्यक्ष नवराज चापागाईं र भोलेश्वर दुलाल विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आयोजना गरिएको यस सभामा संघका पदाधिकारी, व्यापारी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संघको भावी योजना र रणनीतिबारे विस्तृत छलफल भएको छ । विशेषगरी, स्थानीय उत्पादन प्रवद्र्धन र पर्यटकीय सम्भावनाको सदुपयोगलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदानस्वरूप पत्रकार शिव भट्टराईलाई विशेष सम्मान गरिएको छ ।त्यसैगरी कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने मोहनलाल श्रेष्ठ, खेल क्षेत्रमा दीपक खड्का लगायतलाई सम्मान गरिएको थियो ।