सम्पादकीय : लोहन्द्रा गंगाधाम : फेर्न सक्छ बेलबारीको मुहार

  • ८ असार २०८२, आईतवार

बेलबारी नगरपालिका ३ स्थित लोहन्द्रा खोला किनारमा लोहन्द्रा गंगा धाम (शवदाह स्थल) निर्माण भए सम्पन्न भई उद्घाटन भएसँगै यसको चर्चा बढ्न थालेको छ ।
नव निर्मित निर्मित गंगा धाम (शबदाह स्थल) को जेठ १९ गते सोमबार बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले शवदाह स्थल उद्घाटन गरेका थिए् । केन्द्रिय सरकारले दिएको ७० लाख बजेटबाट दुइवटा शबदाह गृहसहित घाट निर्माण भएपछि हालै शवदाह स्थलको उदघाटन भएको हो । लोहन्द्रा गंगाधाममा उद्दृघाटन भएकै दिन बेलबारी नगरपालिकाका पूर्व मेयर तथा कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीकी आमा टीकादेवी सुवभदीको शरिर पहिलोपटक अन्त्येष्टि गरिएको थियो ।
ठेक्का प्रकृयाबाट बेकेदारलाइ जिम्मा दिई बनाइएको शब जलाउने घाटमा एकैसाथ दुइवटा शब जलाउन मिल्छ । भास्कर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले २०८१ जेठ ३ मा २ वटा शबदाह गृह निर्माणको ठेक्का पाएको थियो । सो कम्पनीले गत फागुनमा मात्र सो कम्पनीले काम सम्पन्न गरी जिम्मा लगाएको थियो ।
त्यहाँ घाट मात्रै होइन, बेलबारी नगरपालिका, बेलबारी ३ नम्बर वडा कार्यालय र दाताहरुको सहयोगबाट ा गंगा धामस्थलमा बिश्राम घर शौचालय, मोटर पम्प पावर हाउस, बाथरुम, वाटर पम्प आदि निर्माण भएका छन् । दाताहरुबाट करिब ३० लाख रुपयाँ प्राप्त भएको, बेलबारी नगरपालिकाले ८ लाख र बेलबारी ३ नम्बर वडा कार्यालयले २ लाख दिएपछि ती काम सम्पन्न भएका छन् ।
त्यसो त लोहन्द्रा गंगा धाम निर्माणका लागि गत बर्ष नै प्रताप थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । समितिले करिब ५ करोडको लागत इष्टिमेट अनुसार भविश्यमा लोहन्द्रा गंगा धाम लाइ सुबिधासम्पन्न बनाउने योजना बनाएको छ् । जस अनुसार इलेक्ट्रीक शवदाह स्थल, दाउरा राख्ने घर, किरियापुत्री घर निर्माण, पूर्व पश्चिम राजमार्गबाट लोहोन्द्रा किनारै किनार बाटोको ट्रयाक निर्माण, धामस्थलमा टायल, लाइट जडान, अर्को बिश्राम स्थल, बगैंचा निर्माण एवम् शिवजी, पार्वती, लक्ष्मी, गणेश लगायत बिभिन्न देवी देवताका मन्दिर निर्माण गर्ने योजना छ । तर हाल बजेट अपुग नभएकोले समितिले सहयोगका लागि निर्माण समितिले सहयोगका लागि सबैमा अपील गरेको छ ।
बि.सं. २०८० साउन २७ गते बेलबारी वडा नं.३ निवासी मेघराज कोइरालाकी आमाको देहान्तपछि दाहसंस्कारको क्रममा दागबत्ती दिएको चित्ता आधा नै जल्‌न नपाउँदैे लोहोन्द्रा खोलाले लाश बगाएको थियो । लोहोन्द्रा खोला किनारमा अन्तिम संस्कार गर्दागर्दै खोलाले शव बगाएपछि घाट निर्माणका लागि नगरपालिकामाथि दबाब बढेको थियो । सो घटना लगत्तै बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइले राइले शबदाहस्थल निर्माण गर्ने घोषणा गरेका थिए । घटनापछि बेलबारी नगरपालिकाको पहलमा वडा ३ मा घाट निर्माणका लागि सङ्घीय सरकारको ७० लाख रुपयाँ बिनियोजन गरेको थियो । लोहन्द्रा गंगा धाम निर्माण समिति अन्तरगत आर्थिक उप समितिका संयोजक माधबराज थापाले घाट निर्माणको बाँकी काम गर्नका लागि बजेट नभएकोले दाताहरुबाट सहयोगका लागि अपील गरेका छन् ।
हुन त प्रदेश सरकारले बेलबारी वडा नं. ७ मा घाट निर्माणका लागि १ करोड ५ लाख बजेट विनियोजन गरी घाट निर्माणको काम भएपनि निजी जग्गामा घाट बनाइएको सार्वजनिक भएपछि सो घाट बिवादित छ ।