‘कसैलाई भनिस् भने परिवारै सखाप पार्छु’ भन्दै वालिका बलात्कार गर्ने पक्राउ

  • १२ भाद्र २०७५, मंगलवार

सुनसरीको बराहक्षेत्रकी १३ बर्षिया बालिकालाई चकलेट दिएर लामो समयदेखि बलात्कार गर्नेे एक मानिस पक्राउ परेको छ ।
बहारक्षेत्र नगरपालिका ८ पुलाह कि बालिकालाई चकलेटको देखाई करणी गर्ने ३६ बर्षिय लालबहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिकाको घरमै रङ्गेहात पक्राउ परेको हो । बस्नेतले बिहिबार राती ९ बजे बालिकाको घरमा प्रबेश गरेर करणी गरेको थियो । बालिकाको आमा र बहिनीले देखेपछि बस्नेत घटनास्थलबाट फरार भएको थियो । प्रहरीले खोजी गरेपछि बस्नेतले शनिबार आफै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गरेको थियो ।

बस्नेत घरमा कोही नभएको मौका छोपी बालिकालाई यस अघि पनि चकलेट देखाई जवरजस्र्ती गदै आएको पिडित परिवारको भनाई छ । बस्नेतले बालिकाको आमालाई ‘कसैलाई भनिस् भने परिवार नै सखाप पार्छु’ भन्ने धम्की दिदै आएका थिए । बालिकाको बुवा भने घरायसी कामले पहाड बस्दै आएकाले घरमा बालिकाको आमा तथा बहिनी मात्र रहेका थिए ।
घटनापछि पनि बस्नेत परिवारबाट धम्की दिन नरोकिएपछि घर छाडेर मावलीमा बस्दै छन् । घरमा ताला लगाएर बहिनी र भान्जी अहिले शरण लिन आएको मामा धनबहादुर राउतले बताए । उनका अनुसार घरको गाइबस्तु हेर्न जादा समेत कुटपिट गर्ने र मार्ने धम्की दिने गरिएको छ । यता भान्जीको बलात्कारको मेडिकल रिर्पाेट माग्दा समेत प्रहरी नदिएको उनले बताए ।
बालिकाको स्वास्थ्य सामान्य रहेपनि रातको समयमा झस्किने र चिच्याउने भइरहेको राउतले जानकारी दिए । ‘घटनाको बिषयमा केही गाँउलेहरु पनि बस्नेतको पक्षमा देखिएका छन,’ उनले भने । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जीवन तामाङले घटनाको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।