भत्काइयो सडक क्षेत्राधिकारका भगवती स्कुलका सटर, बनाउँदा र भत्काउँदाकाे खर्च कसले ब्यहोर्छ ?

  • १२ भाद्र २०७५, मंगलवार

केशु विरही, बेलबारी माेरङ/ विद्यालयकाे साैन्दर्यलाई कुरुप वनाउने गरि मूल सडककाे १ सय ५  मिटरभित्र भगवती मावि, बेलबारीले निर्माण गरिएका टहराहरु अन्ततः ताेडिएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेकाे भगवती माविले व्यापारिक प्रयोजनका लागि भनेर विद्यालयको उत्तरपट्टि सटाएर ८ वटा र पूर्वतर्फ ३ वटा गरी जम्मा ११ वटा सटरका लागि भन्दै टहराहरु निर्माण गरिरहेकाे थियाे ।

सडककाे १ सय ५ मिटरभन्दा भित्र वनिरहेका सटरहरुले विद्यालयको सौन्दर्यतालाई नै विगार्नेे र राजमार्ग क्षेत्र मिचिएको बारे पहिलोपटक संयन्त्र डटकम र त्यसपछि अन्य  सञ्चार माध्यममा पनि समाचार प्रकाशित भएपछि स्थानीयले विराेध गरेका थिए । स्थानीयबासिन्दाले उनीहरुले सामूहिक रुपमा नगरपालिकामा पनि उजुरी दिएका थिए ।

स्थानीयवनसीकाे कडा विराेधपछि १ सय ५ मिटरभित्र निर्माण गरिएका टहराहरु नगरपालिकाले पनि भत्काउनुु भनेर विद्यालयलाई परिपत्र गरेको थियाे तर विद्यालय प्रशासनले ती सटरहरुका लागि वनेका टहराहरु भत्काउन लामाे समयसम्म अालटाल गरेको थियाे ।

विद्यालय व्यवस्थापन समितिले पनि यस अघि नै समितिकाे निर्णयविनै निर्माण गरिएका टहरा भत्काउन निर्देशन दिईसकेकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष समेत रहेका घनश्याम गाैतम अाफू पहिला पनि टहरा वनाउने कामकाे विपक्षमा रहेकाे र त्यतिबेला नै अाफूले नगर्नु भनेकाे तर विद्यालय प्रशासनले अरुकाे सल्लाहै विना निर्माण गरिकाेे हुनाले याे समस्या अाएकाे दाबी गरेका छन् । उनले नगरपालिकाकाे टहरा भत्काउने निर्णय अाउन साथ अाफूले पुुनः विद्यालय प्रशासनलाई भत्काउन निर्देशन दिएकाे समेत दाबी गरेका छन्  । तर विद्यालयका प्रअ मानबहादुर खड्काले भने सुरुमा विद्यालय व्यवस्थापन समितिकै सल्लाहमा अाफूले काम गरेका वताउदै आएका थिए ।

पुर्वतर्फ सटर बनाउंदा ईटाहरु उब्रीएको हुनाले त्यसलाई उपयोग गर्ने उद्देश्यले मात्र आफूहरुले यो काम गरेको, अध्यक्षकाे सबैकाे सल्लाहमा गरेकाे, तर अाफू नगरपालिकाे अादेश मान्न तयार रहेकाे विद्यालयका प्राचार्य मानबहादुर खड्काले यस अघि नै वताए पनि ती संरचना भत्काउने काम भने ढिला मात्र भयो  ।

अभिभावकहरुकाे पछिल्लाे भेलाले पनि उक्त संरचना भत्काउनु पर्छ भनेपछि विद्यालय प्रशासन  भत्काउन वाध्य भएकाे स्थानीय समाजसेवी प्रताप थापा वताउछन् ।

भगवती उच्च मा विका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका थापा विद्यालयले गर्नु नहुने काम गरेकोले ती संरचना भत्काउनु पर्छ भन्ने अडानमा थिए ।

तर उनी अहिले ती संरचना भत्किदा मात्र सन्तुष्ठ छैनन् । उनी भन्छन् – ती संरचना भत्केर मात्र हुँदैन, निर्माण गर्दा र भत्काउदा लागेकाे खर्चकाे क्षतिपुर्ति पनि सम्वन्धित पक्षले व्यहाेर्नु पर्छ । ” उनकाे याे भनाईलाई अरु थुप्रै स्थानीयवासीले समर्थन गरिरहेका छन् । उनीहरु पनि विद्यालयकाे सम्पत्ति मनपरि ढङ्गबाट प्रयाेग गरेर संस्थालाई नाेक्सान पुर्याउनुु हुन्न भन्ने पक्षमा छन् ।

यो पनि पढ्नोस –

– राजमार्ग मिचेर सटर बनाउन थालेपछि चर्को बिवादमा मुछियो भगवती स्कुल, वडाध्यक्ष पनि बिबादमा

– राजमार्ग क्षेत्रमा सटर बनाउनाले डुब्ने भो स्कुलको १० लाख

–  वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सडकको सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

भगवती स्कुल बेलबारीमा गएर हेर्दा जे देखियो