अपांग र अशक्त देशमाया राईको लागि बन्ने भयो नयाँ घर

  • १४ भाद्र २०७५, बिहीबार

मोरङको बेलबारी २ की अपांग र अशक्त एकल महिला देशमाया राईको लागि  नयाँ घर बन्ने भएको छ  ।

उनका लागि  बेलबारी नगरकालिका २ की वडा सदस्य तथा नगरपालिकाको कार्यपालिका सदस्य खिना बस्नेत ,आदर्श टोल बिकास समितिका अध्यक्ष रञ्जित गुरुङ लगायत बेलबारी २ का स्थानीयबासीले उनको घर निर्माण गरिदिने भएका हुन्  । बुधबार उनको घर  शिलान्यास भएको छ । सहयोग रकम संकलन गरी उनको घर निर्माण गरिने बस्नेतले बताईन । उनको घर निर्माणका लागि  सहयोग गर्न उनले सबैलाई अपिल समेत गरेकी छिन ।


 करिब एक महिना अघि मोरङको केराबारी गाँउपालिकास्थित भलुवामा एउटा छाप्रोमा कष्टकर जीवन बिताईरहेका देशमाया र उनका भाई राजकुमार राईलाई बेलबारी नगरकालिका २ की वडा सदस्य तथा नगरपालिकाको कार्यपालिका सदस्य खिना बस्नेत, वाडसदस्य कृष्णणबहादुर लिम्बू तथा अादर्द्श टोल बिकास संस्थाका अध्यक्ष रन्जित गुरुङ लगायतको पहलमा घोपा क्याम्प पुर्याई उपचार गराइएको थियो ।  तर उपचारका  क्रममा दुइ हप्ताअघि राजकुमारको मृत्यु भएको थियो ।


भाईको मृत्युको शोकमा रहेकी देशामायाको लागि स्थानिय बासिन्दा र जनप्रतिनिधिहरुको सहयोगमा  घर बन्ने 
भएपछि उनी खुसी भएकी छिन्