अर्किडको सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, संयन्त्रकर्मी बिरही पनि सम्मानित

  • १६ भाद्र २०७५, शनिबार

बेलबारी,मोरङ / मोरङको बेलबारी २ लालभित्तिमा अबस्थित अर्किड वाेल्डेज क्लबले वर्षभरी भएकाे गतिविधिकाे सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम  गरेकाे छ ।

सोही कार्यक्रममा संस्थाका संस्थापकहरु सहित संयन्त्र डटकमका समाचार सम्पादक केशु विरही सम्मानित भएका छन् । विरही पछिल्लाे समय मकालु टेलिभिजनकाे उत्तरी माेरङ प्रतिनिधिकाे रुपमा पनि  कार्यरत छन् ।

२०५० सालदेखि पत्रकारितामा लागेर अन्तरदृष्टी साप्ताहिक, संगमसुधा लगायत पत्र पत्रिकाकाे सम्पादककाे भूमिका समेत निभाई सकेका युवा पत्रकार तथा साहित्यकार विरहीका अाधा दर्जनभन्दा वढि साहित्यिक कृतिहरु समेत प्रकाशित छन् । साे अवसरमा रेडियाे वेतनाका पत्रकार अनिल बराललाई पनि सम्मान गरिएकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे बालबालिका लागि संस्था अर्किडकाे कार्यलयमा संचालन भएकाे उक्त सम्मान कार्यक्रममा पत्रकारका अतिरिक्त अाेल्डेज क्लवकाे स्थापनामा याेगदान दिने विभिन्न महानुभावहरुलाई पनि सम्मान गरिएकाे थियाे ।

गत बैशाखमा स्थापना भएको संस्थाका २२ जना संस्थापक सदस्यहरु पनि  सम्मानित भएका छन् ।  क्लबले खादा र सम्मान पत्रले उनीहरूलाई सम्मान गरेको हो ।
संमान कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक रेवती तिवारीले जम्मा १ लाख १२ हजार ६ सय १० सहयोग रकम उठेको र त्यसमध्ये ८८ हजार ७ सय ७५ बिभिन्न शिर्षकमा खर्च भएको जानकारी दिए ।

सामाजिक परिक्षण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतमले अर्किडले समाजमा पुर्याएकाे याेदानकाे प्रशंसा गरेेका थिए । साथै प्रमुख अतिथि गाैतमले समाजसेवामा याेगदान दिनेयस्ता संस्थाहरुसँग नगरपालिका मिलेर अगि वढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं का वडाध्यक्ष घनश्याम गाैतम, पूर्व सांसद हर्कमान तामाङ, सिपि सिएसकाे उपनिर्देशक नवराज पाेखरेल, स्थानीय समाजसेवी डिल्लीबहादुर थापा, वागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्र थापा, रमिते सामूदायिक वनका अध्यक्ष प्रेम राई, स्थानीय रन्जित गुरुङ, सनतकुमार ढकाल, लाेकनाथ ढकाल लगायतका महानुभावकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा बोल्दै पूर्व सांसद हर्कमान तामाङले अर्किडले सहि अर्थमा समाजसेवा गरिरहेकाे वताए ।

वृद्धवृद्धाहरुसँग भएकाे अनुभवकाे साट्दै उनीहरुलाई पनि समाज परिवर्तनमा सहभागिता गराउने अभिप्रायका साथ साे संस्थाकाे स्थापना गरिएकाे संस्थाका संस्थापक नवराज पाेखरेल वताउँछन् ।

विभिन्न महानुभावहरुकाे सहयाेगबाट संचालित यस संस्थामा जेष्ठ सदस्यहरुका लागि भनेर कान्तिपुर, नागरिक, नयाँ पत्रिका, अन्नपूर्ण पाेष्ट, पूर्विवजार, नेपाल, रिपव्लिका लगायत पत्र पत्रिकाहरु उपलव्ध गराईएका छन् । साथै साे संस्थामा विधिन्न धार्मिक ग्रन्थहरु पनि उपलव्ध छन् ।