पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

  • ३१ भाद्र २०७५, आईतवार

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ ।

रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार  सो जहाज ल्याइएको  हो ।

गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र बन्ने म्युजियम प्रदेश १ को पहिलो जहाज म्युजियम हुनेछ । बिग्रिएको सो जहाजलाई आकर्षक ढङ्गले सजाएर म्युजियमको रूपमा विकास गरेपछि नेपालभरबाट पर्यटक आउने ठानिएको छ । जहाजभित्रको म्युजियम दशैंसम्ममा सञ्चालनमा आउने सञ्चालक राधेश्याम पौडेलले बताए । यसअघि काठमाडौंमा र धनगढीमा हवाई म्युजियम स्थापना गरी संचालन गरिएका छन् ।