नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

  • ३ आश्विन २०७५, बुधबार

नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने  भएको  छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

भारतले नेपालमाथि २०७२ मा नाकाबन्दी लगाउँदा ग्याँसको अभाव देखेर नेपालमा नै ग्याँस उत्पादन गर्ने सोच आयो, नवलपरासीस्थित ’ इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.का कार्यकारी निर्देशक अभिरथ अग्रवालले भने, ‘अहिले हामी दैनिक १५ सय किलोग्राम बायोग्याँस उत्पादन गर्न थालिसकेका छौं ।’