मोरङमा ६३ बर्षिया महिलामाथि वलात्कारको प्रयास, करणी गर्न खोज्नेलाइ कडा कारबाही गर्न माग

  • १८ आश्विन २०७५, बिहीबार

केशु विरही, बेलबारी, माेरङ/ निर्मला पन्तकाे वलात्कार पछिकाे हत्याले देशै अाक्रान्त भैरहेकाे वेलामा बेलबारीमा एकजना अपाङ्ग महिलामाथि वलत्कारकाे प्रयास भएकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं ८ वाहुनीकी ६३ वर्षीय वाेलीसमेत नभएकी एक बृद्ध महिलामथि साेही ठाउँ वस्ने वर्ष ६५ का शेरबहादुर भनिने पदमबहादुर मगरले बुधबार साँझ ५ वजे वलात्कार प्रयास गरेकाे परिवारले वताएकाे छ ।

बलात्कार प्रयास भएको स्थल

पिडितकाे नजिकै घर भएका पिडकले घर नजिकैकाे धानबारीमा लगेर वलत्कार गर्ने प्रयास गरेकाे थाहा पाएर परिवारले चिच्याए पछि छाडेकाे पिडित महिलाका अाफन्तले जानकारी दिएका छन् ।वाेलि समेत नभएकी बृद्ध महिला माथि भएकाे याे घृणित कार्यलाई स्थानीयले दुखत रुपमा लिएका छन् । दाेशीलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्ने उनीहरुकाे माग रहेकाे छ ।

दाेषीलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता 

उपमेयर ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा पुगेकाे नगरपालिकाकाे एक टाेलीले अाजै घटनास्थलकाे निरिक्षण तथा पिडिम महिला र उनकाे परिवारलाई भेटेकाे छ ।

घटनास्थनलमा पुगेकी बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले दाेसीलाई कुनै पनि हालतमा उन्मृक्ति दिनु हुँदैन भन्ने पक्षमा रहेकाे वताईन । साथै उपप्रमुख पराजुलीले नगरपालिकाले यस्ता अापरिधिक मानसिकताका भएका व्यक्तिलाई सजाय दिलाउने कुरामा कुनै कसर वाँकी नराख्ने पिडितका अाफन्तलाई वचन समेत दिईन ।

निज वलत्कारकाे प्रयास गर्ने मगर अहिले ईलाका प्रहरी कार्यालय बेलबारीकाे हिरासत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राई अदालतबाट म्याद लिएर अनुसन्धान भैरहेकाे, यस्ता अपराधीलाई कुनै हालतमा पनि उन्मुक्ति नपाउने वताउछन् ।