वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

  • १९ आश्विन २०७५, शुक्रबार

बेलबारी, माेरङ/ बेलबारीमा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारी संस्थाले ले अाफ्नाे १२ अाैं वार्षिक साधारणसभाकाे अवसर पारेर संचालन गरेकाे रक्तदान कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती चाेकमा बिहान ८ वजे देखि १० वजेसम्म संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत जम्मा भएकाे लालभित्ति साकाेसका सचिव राजु परियारले जानकारी दिए ।

संस्थाले बर्सेनी वार्षिक अवसर पारेर यसरी नै रक्तदान कार्यक्रमकाे अायाेजना गर्दै अाएकाे र यसपालिको रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी, व्यापारी तथा सर्वसाधारणले सहभागिता जनाएकाेे साकाेसका अध्यक्ष सिताराम न्याैपानेले वताए ।

अस्पतालहरुमा रगतकाे अभाव भैरहेकाे वेला स्थानीस्तरमा गरिएकाे रक्तदान कार्यक्रमले रगतकाे अभावलाई कमि गर्न्न सहयाेग गर्ने विस्वास गरिएकाे छ । रगत संकलनमा नेपाल रेटक्रस साेसाइटी धरान शाखाले प्राविधिक सहयाेग पुर्याएकाे थियाे ।