तालिमको प्रमाणपत्र देखाएर भटाभट जागिर पाउन थाले युवा युवतीले

  • २६ आश्विन २०७५, शुक्रबार

उत्तम पोख्रेल, बेलबारी मोरङ / शहरमा मात्रै होइन, शहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटल खुल्ने क्रम बढिरहे पनि दक्ष जनशक्तिको अभाव देखिइरहेको  बेला बेलबारी नगरपलिकाले दिएको तालिम सकिनासाथ केहि युवा युबतीले रोजगारी पाएका छन ।
तालिम सकिएर प्रमाण पत्र हातमा पर्नासाथ केहि युवा युवतीले रोजगारी पाएका हुन्  । एक महिनासम्म तालिम लिएका केहि प्रशिक्षार्थी अहिले रोजगारीमा लागेका छन्  । होटलहरुमा काम गर्ने दक्ष जनशक्ति भारतबाट बोलउनु पथ्र्यो अहिले बेलबारीमै काम गर्ने जनशक्ति उत्पादन भएको होटल ब्यबसायी सघ बेलबारीका अध्यक्ष मोहन पोख्रेलले बताए ।

विभिन्न विद्यालय तथा कलेजहरूले होटल म्यानेजमेन्ट पढाइरहे पनि दक्ष जनशक्तिको भने अभाव कायमै रहेको भन्दै नगरपालिकाले भदौ २१ गते देखी १ महिनासम्म तालिमको आयोजना गरेको थियो । दक्ष जनशक्ति उत्पादन गरी स्थानीयलाई रोजगारी दिन बेलबारी नगरपालिकाले वेटर र वेस्ट्रेज सम्बन्धी तालिम दिएपछि ६ जनाले रोजगारी पाएका छन् ।

आरटीआरके इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एन्ड टुरिजम इटहरीससँगको सहकार्यमा बेलबारी नगरपालिकाले ३० जनाभन्दा बढी विद्यार्थीलाई तालिम दिएको थियो । पर्यटकीय क्षेत्रको विकास भएका स्थानमा दिनप्रतिदिन होटलको सेवा बिस्तार भइरहे पनि ग्राहकलाई आकर्षित पार्न भने दक्ष जनशक्तिको अभाव देखएपछि तालिमको आयोजना गरेको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले बताए ।

तालिम लिएका मध्ये ६ जनाले बिराटनगर, ईटहरी, बेलबारीका होटलमा रोजगारी पाईसकेका आरटीआरके बिद्यालयका प्रबन्ध निर्देशक प्रेम तुम्बाफोलेे बताए । उनका अनुसार बेलबारी लगायत आसपासमै जनशक्ति अभाव हुुने अवस्था छ ।