सुकुना बहुमुखी क्याम्पसमा यसै वर्षदेखि विविएकाे पढाई सुरु हुने

  • १० कार्तिक २०७५, शनिबार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लाे समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायकाे अध्ययन अध्यापन गराउँदै अाएकाे सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचाले यसवर्ष देखि विविए कक्षा संचालन गर्ने भएकाे छ।

गाउँमै प्राविधिक विषयकाे पढाइ हुने भएपछि टाढा टाढा गएर महङ्गाे शूल्क तिरेर पढ्नु पर्ने वाध्यताबाट अभिभावकहरुले केही राहत पाउने सुकुना वहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई वताउँछन ।

पछिल्लाे समयमा शिक्षा प्रमाण पत्र प्राप्त गर्ने र वेराेजगार उत्पादन गर्ने कार्यशाला जस्तै भैरहेकाे वेलामा अाएकाे यश प्रकारकाे व्यवहारिक विषयकाे महात्व हुँदा यसका चुनैतिहरु पनि उत्तिकैरहेकाे विज्ञहरुकाे मत रहेकाे छ ।

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचाले शैक्षिक कार्यक्रम विविए विषय र त्यस सम्वन्धी ज्ञान दिने उद्देश्यले अाज अायाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्ने अधिकाँक्ष वक्ताहरुले नयाँ सकार्यक्रम संचालन गर्दा त्यसका चुनाैतिहरुलाई पनि अाँकलन गर्नु पर्नेमा जाेड दिए ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लिराज शर्माले असल व्यवस्थापकले मात्र देश समृद्ध वनाउनमा सहयाेग पुर्याउने हुँदा विविए महत्व झनै वढेर गएकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिन शर्माले त्रिभुवन विस्वविद्यालयले पछिल्लाे समयमा वजारकाे अावस्यक्तालाई मध्यनजर राख्दै सामूदायिक कलेजहरुमा पनि विविए जस्ताे व्यवहारिक विषयलाई महत्व दिईरहेकाे तर यसका लागि सराेकारवाला निकायले कटिवद्ध भएर लाग्नु पर्ने वताए ।

उद्याेग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाईँले पछिल्लाे समयमा शिक्षा प्रमाण पत्र हाता पार्ने तथा वेराेजगार उत्पादन गर्नेतर्फमात्र निर्देशित भैरहेकाे परिप्रेक्षमा नयाँ विषय विविएले व्यवहारिक ज्ञान दिनेमा अासा व्यक्त गरे । साथै उनले अाफू र अाफ्नाे संस्था याे कार्यक्रमलाई सफल पार्न पूर्ण सहयाेग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सुन्दरहरैचा नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनमाया तामाङले क्याम्पसलाई विविए संचालनमा अावस्यक पर्ने अार्थिक तथा कानुनी सबैखाले सहयाेग गर्न नगरपालिका प्रतिवद्ध रहेकाे वताईन ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु राजकुमार अाेझा र लाेकप्रसाद सङ्ग्राैलाले अाफूहरु हिजाे जुनसुकै पार्टीबाट प्रतिनिधित्व गरेर चुनाव जितेकाे भए पनि विकास र समृद्धिका मुद्धामा एक रहेकाे वताउँदै क्याम्पसकाे विकासमा अाफूहरु सधैँ कटिवद्ध रहेकाे पनि प्रतिवद्ता जायर गरेका थिए ।

साथै साे अवसरमा सराेकारवालाकाेतर्फबाट नेविसंघका विजय ताेलाङ्गी, अनेरास्ववियुका मिलन बस्नेत, पूर्व विद्यार्थीका तर्फबाट ललित श्रेष्ठ, प्राध्यापक तथा कर्मचारीहरुकाे तर्फबाट अर्जुनराज अधिकारी, संचालक समितिकाे तर्फबाट केदार गुरागाई, पूर्व क्याम्पस प्रमुखकाे तर्फबाट निवर्तमान क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ अादिकाे अाअाफ्नाे तर्फबाट प्रतिवद्धता व्यक्त गरेका थिए ।

साे अन्तरक्रिया कार्यक्रममा व्यवस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे, व्यवस्थापन स्कुल अफ मेनेजमेन्ड प्रा.डा.महानन्द चालिसे, सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई अादिले विविए कार्यक्रम र त्यसका चुनाैतिहरुका वारेमा क्याम्पस प्रशासनलाई सचेत गराएका थिए ।

साथै साे अवसरमा संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, केराबारी क्याम्पस प्रमुख, टेकबहादुर थपलिया, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मास्के लगायतका महानुभावहरुकाे सहभागिता रहेकाे थियाे ।

क्याम्पस प्रशासनले दिएकाे जानकारी अनुसार विविएका लागि कार्तिक ३० गतेसम्म फारम भर्न सकिने छ भने मङ्सिर ८ गते प्रवेस परीक्षा (सिमेट) संचालन हुने छ ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले कार्यक्रमकाे अाैचित्य र सहभागीहरु स्वागतबाट सुरु भएकाे कार्यक्रमकाे अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मास्केले गरेका थिए भने उक्त कार्यक्रमकाे संचालन उप प्राध्यापक वलराम पाेखरेलले संचालन गरेका थिए ।