बैंकिङ हब बन्दै गएको बिराटचोकमा नेपाल बैंक लिमिटेडले पनि खोल्यो अर्को शाखा

  • ३० कार्तिक २०७५, शुक्रबार

मणिराम दाहाल, सुन्दरहरैंचा ।  नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिकोत्सबको अबसर पारेर मोरङ सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा  १६२  अाैैै शाखा विस्तार गरेको छ ।

आफ्नो बार्षिक उत्सवको अवसर पारेेर बैंकले शुक्रवार बिराटचोकमा शाखा उद्घाटन गरेको हो । नेपाल  बैंक लिमिटेडको उद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओझाले गरे  ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै ओझाले नेपाल बैंक लिमिटेडले सरल तथा सहज रुपमा ग्राहकहरुलाई सेवा सुविधा प्रदान गरेर यस क्षेत्रमा देखिएको सरकारी बैकको आबश्यकतालाई पुरा गरेको र  बिराटचोक जस्तो बन्द निषेधित क्षेत्रमा बैकले आफ्नो लक्ष्य हासिल गर्न सक्ने विश्वास लिएको बताए ।

यो बैंक नेपालकै पहिलो बैकका रुपमा १९९४ सालमा स्थापना भएको थियो । सरकारी बैंक मानिने यस बैंकले मोरङका बजारदेखि गाउँसम्मका जनतालाई ग्राहकका रूपमा  सेवा उपलब्ध गराउने  बैंकले जनाएको छ । बैंकले आफ्नो कारोबारलाई वृद्धि गर्दै यस क्षेत्रको माग र आवश्यकतालाई मध्यनजर गरी ग्राहकहरुलाई विभिन्न किसिमका सेवा सुविधा  उपलब्ध गराउने बैंकका मुख्य प्रबन्धक लक्ष्मण पौडेलले जानकारी दिए ।
मुलक भरीमा यस बैंकका १६२ शाखा छन् । नेपाल राष्ट् बैक बाट क वर्गको इजाजतपत्र प्राप्त बैंकले आफ्ना १५ लाख ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको  छ भने  ७६ हजारको हाराहारीमा कर्जा सापटीका ग्राहक छन् । बैंकका  ८१ एटीएम , १० एक्सटेन्सन काउण्टर रहेको छन् । बैंकले निक्षेप, कर्जा, सापटी , लगानी, बिल्स,प्रतितपत्र, जमानत, सुनचाँदी कर्जा , वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालिन सेवा, अतिरिक्त बैकिङ सेवा, लकर सेवा, घर दैलोमा बैकिङ सेवा, पेन्सन भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, टेलिकम बिल भुक्तानी सेवा, अन्तर शाखा कारोवार, रेमिट्यान्स सेवा लगायत विभिन्न आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आईरहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख  छ ।
बैंकको समुद्घाटन कार्यक्रममा सुकुना सकोसका अध्यक्ष टिकाप्रसाद कट्टेल, स्थानीय समाजसेवी लेखुप्रसाद ढकाल, रेडियो सारङीका अध्यक्ष डोलेश्वर तिम्सीना, कोशीहरैंचा उद्योग बाणिज्य संंघका अध्यक्ष नवराज चापागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।