नगरभरीका ६९ जना अशक्त ब्यक्तिहरुलाई ह्वीलचेयर र सहायक सामग्री बांड्यो बेलबारी नगरपालिकाले

१० जनाले ह्वीलचेयर र ४ जनाले पाए ट्राईसाईकल

  • ११ मंसिर २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरभरिका सारीरिक अपाङ्गता भएका विभिन्न व्यक्तिहरुलाई ह्विलचेयर, ट्राईसाईकल लगायत विभिन्न सहायक सामग्रीहरु वितरण गरेकाे छ ।

बेलबारी नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेगमा वितरण गरिएका ह्विलचेयर र ट्राईसाईकलहरु राष्ट्रिय अपाङगता पुनस्थापना केन्द्र NRSD ले उपलव्ध गराएकाे हाे ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले मंगलबार  सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई ती सामग्रीहरु वितरण गरेका थिए ।

बेलबारी नगरपालिकाकाे प्राङ्गणमा संचालन गरिएकाे उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्गता पुनर्स्थापना केन्द्र काठमाण्डाैका उपाध्यक्ष शुगम भट्टराई, सिवि अार विराटनगरका उपाध्यक्ष विनय प्रसाद अर्जेल, प्रवन्धक रन्जना दाहाल लगायत विभिन्न ११ वटै वाडाका वडाध्यक्षहरु, राजनीतिक पार्टीहरु, संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।ह्विलचेयर, ट्राईसाईकल तथा अन्य सहायक सामग्री वितरण कार्यक्रमलाई संवाेधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले वितरण गरेका सामग्री पर्याप्त नभएपनि यसलाई अागामी वर्षका थपेर लैजाने वताए ।

साथै मेयर सुवेदीले सहायक सामग्री वितरणमा प्राविधिक संयाेजन गरेकाेमा सिवि अार विराटनगर र सामग्री उपलव्ध गराउने राष्ट्रिय अपाङ्गता पुनर्स्थापना केन्द्रलाई धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा राष्ट्रिय पुनस्थापना केन्द्र काठमाण्डाैका शुगम भट्टराई, नेकपाका नगर संयाेजक ईरान राई, सिवि अार विराटनगरका प्रवन्धक रन्जना दाहाल अादिले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

सिवि अार विराटनगरले दिएकाे जानकारी अनुसार भदाै २६ गते नापजाँच गरिएकामध्ये बेलबारी नगरपालिकाका ६९ जना अपाङ्ग ब्यक्तिहरुले बेलबारीकाे फिटमेन्ट क्याम्पबाट प्रत्यक्ष लाभ लिने छन् ।

 बेलबारी संचालन भैरहेकाे वितरण तथा फिटमेन्ट क्याम्पबाट ह्वेलचेयर, ट्राई साईकल, विशेष कुर्सी, कर्नर कुर्सी, वैशाखी, वाकर, ट्वाइलेट चेयर, विशेष खालका जुत्ता, राेलेटर वाकर, वाकर, घुडामुनिकाे कृतिम खुट्टा, गाेलिगाठाे अादि वितरण गरिने छ ।

वितरण गरिएका ह्वेलचियर र ट्राईसाईकलकाे बजार मूल्य  ३० हजारदेखि र ५० हजार रुपैयाँसम्म पर्ने वताईएको छ  ।

बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले स्वागत मन्तव्य दिएकाे उक्त कार्यक्रमकाे संचालन भने बेलबारी नगरपालिकाका स्वास्थ्य विभागका सन्ताेष विकले गरेका थिए ।

उक्त वितरण तथा फिटमेण्ट क्याम्प बेलबारीमा मङ्सिर ११ र १२ गते २ दिनसम्म चल्ने नगरपालिकाले जनाएकाे छ ।