केरावारीमा फडिन्द्र तिम्सिना स्मृति कप हुँदै, मोरङका १४ बिद्यालय सहभागी हुने

  • १७ मंसिर २०७५, सोमबार

मोरङको केरावारीमा माद्यमिक विद्यालयहरुको स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

तेस्रो फडिन्द्र तिम्सीना स्मृति कपको रूपमा पुस १ गतेदेखि हुने प्रतियोगितामा मोरङका १४ बिद्यालयले भाग लिने आयाेजक अनेरास्वियु सार्बजनिक मावि कमिटिले सोमवार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ४० हजार, दोस्रो पुरस्कार २० हजार सहित सिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरीने सार्वजनिक मावि कमिटिका अध्यक्ष अनुप खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पौष १ देखि ८ गते सम्म सचालन हुने फुटवल प्रतियोगितामा ५ लाख खर्च लाग्ने अनुमान गरीएको छ । २०३८ सालमा महेन्द्र बहुमुखी क्याम्पस बिराटनगरमा तिम्सीनाको हत्या गरीएको थियो । स्वबियू चुनावमा झगडा हुंदा गोलि हानि उनको हत्या गरीएको थियो । उनकै सम्झनामा एमाले निकट अनेरास्वियुले बिभिन्न कार्यक्रम गर्दे आईरहेको छ ।

प्रतियोगिताको समापन कार्ययक्रमा फडिन्द्रका भाई कवि तिम्सीनालाई समेत सम्मान गरीने अनेरास्वियू मोरङका उपाध्यक्ष सन्तोष घिमिरेले बताए ।