क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड

  • २२ पुष २०७५, आईतवार

विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र शनिवार अवलोकनकर्ताको राम्रो उपस्थिती भएको क्यान मोरङ सचिव समित शाहले जानकारी दिए । अब २ दिनमात्र बाकीी रहेकोले अझ धेरै ब्यक्त्तिहरु उपस्थित हने अपेक्षा रहेको उनको भनाई छ ।

शनिवार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढि छट दिएका छन । ल्यापटप, कम्प्यटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभी लगायतका प्रडक्टमा कम्पनीहरु आकर्षक छट दिएका छन । सविसले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ । यसैगरी विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निशल्क उपलब्ध गराइएको छ ।
इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिक समेत भएका छन । विन्डोज वान बोर्ड अफिस, योगा बक र केहि अत्याधनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रुपमा रहेका छन । सयभन्दा बढि स्टलहरुमा विभिन्न आकर्षक अफर र छटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा अन्य थप्रै आकर्षणहरु रहेका छन ।

शनिवार रोबोवारको क्वाटर फाइनल र सेमि फाइनल सम्पन्न भएको छ । कसमस ग्रप र डिस्ट्रक्सन समहविच आइतवार रोबोवार फाइनल हनेछ । रोबोवारमा १५ बढी समहहरुको सहभागिता रहेको थियो । यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितीका अध्यक्ष राजन यादवले जानकारी दिए ।
यसैगरी इन्फोटेकमा १५ भन्दा समह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन । धेरै यवाहरुको आकर्षण रहेको गेम प्रतिस्प्रधा तथा रोबोवारमा सहभागी हने क्रम बढिरहेको छ । विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडलिङहरु पनि कार्यक्रममा प्रस्तत भएका छन । भिडियो प्रतिस्प्रधा लगायतका अन्य थप्रै कार्यक्रमहरु भइरहेको आयोजकले जनाएको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकमा सोमबारसम्म सञ्चालन हनेछ ।

स्मार्ट सिटीमा आइसिटी कन्फ्रेन्स सम्पन्न

शनिवार स्मार्ट सिटी विषयमा कन्फ्रेन्स सम्पन्न भएको छ । काठमाण्डौबाट आउनभएका प्रो.डा. मनिष पोखरेल, मडिन्द« अर्याल, तषार न्यौपाने लगायतले डिजिटल गर्भनेन्स तथा स्मार्ट सिटीमा विभिन्न कार्यपत्र प्रस्तत गरेका थिए । कन्फ्रेन्स विभिन्न नगरपालिकाका प्रतिनिधिहरु सहित ७० जनाको सहभागिता रहेको थियो ।

जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन । अब स्थानिय निकायको जिम्मेवारी धेरै भएकोले आइटीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा कि नोट स्पिकरको रुपमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिष पोखरेल रहनुभएको थियो । आइसिटी प्रयोग विना अब देश समृद्ध र विकास हुनै नसक्ने बताउदै पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै अब स्थानिय निकाय र सरकारले आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

यसैगरी कन्फ्रेन्समा एक्सेसिवल गुड गर्भनेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र पस्तुत गर्नुहुने छ । यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुको बारेमा मडिन्द« अर्यालले प्रस्तुती दिनुभएको थियो । साइबर क्राइमको बारेमा प्रकाश उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो । राजन लम्सालले सञ्चालन गरेको प्यानल डिस्कसनमा प्रा.डा मनिष पोखरेल, क्यान मोरङका अध्यक्ष राजन यादव, विराटनगर महानगरपालिकाका आइटी अफिसर यादव श्रेष्ठ र सून्दरहरैंचाका आइटी अफिसर रोशन खनलाले सहभागिता जनाएका थिए ।