पथरीशनिश्चरे नगरपालिकामा थपिए दुई एम्बुलेन्स र डोजर पनि
- २४ पुष २०७५, मंगलवार
शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग ( युएनएचसीआर) ले भुटानी शरणार्थीहरुको शिविर रहेको पथरी शनिश्चरे नगरपालिकालाइ २ वटा एम्वुलेन्स सहयोग स्वरुप उपलब्ध गराएको छ ।
एम्बुलेन्स सहयोग पाएपछि नगरपालिकाले एम्वुलेन्स कार्यविधि पनि पारित गरेको छ । एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।
नगरपालिका बैठकले नगरपालिका कार्यालयको एम्वुलेन्सलाई ७० वर्षमाथिका नगरका ज्येष्ठका लागि प्रदेश नम्वर १ भरि नि:शुल्क सेवा उपलब्ध गराउने तथा अन्यलाई पनि शुलभ मुल्यमा सेवा उपलब्ध गराउने निर्णय गरेको छ । एम्बुलेन्स सञ्चालन समिति संयोजकमा नगरका प्रमुख प्रशासकीय अधिकृत तथा सदस्यमा स्वास्थ्य संयोजक र लेखापाल सदस्य रहने व्यवस्था गरिएको छ
वैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि र एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र प्रदान गर्नका लागि नगर उपप्रमुखको संयोजकत्वमा डाक्टर, अपाङ्गता भएका व्यक्तिहरुको संस्था सहितका विभिन्न पक्षका सरोकारवालाहरु रहने समन्वय समिति बन्नेछ । वडा कार्यालयमा फारम भरेर समन्वय समितिको छानविनपछि प्रमुख प्रशासकीय अधिकृतक हस्ताक्षर परिचयपत्र वितरण हुनेछ ।
त्यसैगरी नगरपालिकाले ३९ लाख रुपैयाँमा डोजर समेत खरिद गरेको छ ।