बुढीगंगामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुरु, नेपालसंग भारत पराजित                  

  • २७ पुष २०७५, शुक्रबार

 ईश्वरी घिमिरे, बुढीगंगा मोरङ/ मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कब्बडी प्रतियोगिता शुरु भएको छ ।
मोरङ कब्बडी संघले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार एक भव्य समारोहकाबिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् ।
    बुढीगंगा गाउँपालिका ३ बाँसबारीस्थित जनप्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालित सो प्रतियोगिता नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला कब्बडी प्रतियोगिता रहेको आयोजकले जनाएको छ।
     मोफसल र त्यसमा पनि ग्रामिण भेगलाई अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि अगाडि बढाउनु आवश्यक देखिएकाले सो प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिकी सदस्य रीता न्यौपानेले बताइन्।
प्रतियोगितामा नेपाल, भारत,बङ्लादेश र श्रीलंका गरी ४ देशका विभिन्न ५ ओटा टीमहरुबिचको प्रतिस्पर्धा रहने आयोजक समितिका अध्यक्ष भुवनेश्वर मण्डलले बताए।
    उद्घाटनपश्चात् प्रारम्भिक चरणको खेलमा नेपाल आर्मी’ ‘ए ‘ ले  इन्डिया ‘ बी ‘लाई १९ का विरुद्ध ३३ अंकले पराजित गरेको छ। त्यस्तै दोस्रो खेलमा बङ्लादेशले नेपाललाई ११ का विरुद्द ४७ अंकले पराजित गरेको छ ।
     आइतबार सम्पन्न हुने उक्त प्रतियोगिताको शनिबारको शुरुवाती खेलमा बिहान ८ बजे बङ्लादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुने आयोजक समितिकी सदस्य रीता न्यौपानेले जानकारी दिइन्।