बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

  • २ माघ २०७५, बुधबार

मोरङको बेलबारी १ मा रहेको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ ।

लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन् ।

तेह्रथुमबाट  बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका ५० बर्षिय कार्कीका एक श्रीमती,दुई छोरा र एक छोरी छन् । – बेतना दैनिकबाट