साम्य भयो कानेपोखरीको चन्दा बिवाद, चन्दामा संलग्नताबारे वडाध्यक्ष गुरुङको खण्डन
- १ माघ २०७५, मंगलवार
गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । विभिन्न पत्रपत्रीका र अनलाइन खबरहरुमा चरित्र हत्या हुने किसिमले खोलाको अवैध कर सकंलनमा संलग्नता रहेको भनी छापिएको खबर प्रति घोर भर्तसना र असहमति रहेको जनाउदै बिज्ञप्तीमा टेक बहादुर मगर अध्यक्ष र प्रदिप रिजाल सचिव रहेको समितिले रकम उठाएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष र आफ्नो उपस्थितिमा तटबन्धन समितिका अध्यक्ष टेक बहादुर मगर, सिहदेबी आधारभुत बिद्यालयका प्रधानाध्यापक र श्रीमाबी भौसाबारीका प्रधानाध्यापक, शिक्षा बिकास माविका प्रधानाध्यापकको संयुक्त छलफलबाट रकम नउठाउने अनौपचारिक सहमति भएको समेत बिज्ञप्तिमा जनाइएको छ ।
कानेपोखरी गाउँपालिकाले निति तथा कार्यक्रममा नै खोलाको ठेक्काबाट प्राप्त रकम खोला तटबन्धमा नै लगाउन निर्णय भएको भन्दै करको नाममा थप रकम नउठाउन आफुहरुले तटबन्ध समितिलाई आग्रह गरेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा टेक बहादुर मगर नेतृत्वको समितिले निरन्तर रकम उठाएको थाहा भएपछि गाउँपालिकाको पौष १८ गतेको निर्णयले तटबन्ध समितिलाई उप्रान्त रकम नउठाउन १९ गते पत्राचार गरिएको जनाईको छ ।
गुरुङ्गले आफ्नो नाममा नितान्त पूर्वाग्रहपूर्ण ढंगले मुद्दा लगाईएको भन्दै आर्थिक अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको यदि संलग्नता भएको प्रमाणित भए आँफु जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् ।
गुरुङ्गद्वारा जारी बिज्ञप्तीमा तथ्य बिहिन आरोपले आफुलाई कमजोर नबनाउने भन्दै यस्ता आरोपले आफु नड्गमगाउने र थप उर्जाको साथ काम गर्ने जनाइएको छ ।