नगरलाई प्लाष्टिकझोला मूक्त वनाउने तयारी गर्दै बेलबारी नगरपालिका

  • १६ माघ २०७५, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरलाई प्लाष्टिक झाेलामुक्त नगर वनाउने कार्यक्रम सुरु गरेकाे छ ।

बेलबारी नगरपालिकाकाे सभाहलमा  भएको “नगरलाई प्लाष्टिकमूक्त नगरपालिका घाेषणा गर्ने रणनीति तथा याेजना तर्जुमा गाेष्ठी” विषयक कार्यक्रममार्फत साे जानकारी दिईएकाे हाे ।

साे गाेष्ठीमा दुवै सुरक्षा निकायका प्रमुखहरु, उद्याेगवाणिज्य संघका प्रतिनिधि, राजनैतैतिक पार्टीका, संचारकर्मी तथा कार्यपालिका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै नगरपालिकाका प्रवक्ता तथा बेलबारी नगरपालिकाका कार्यवाहक नगरप्रमुख याेगेन्द्र सुवेदीले नगरलाई प्लाष्टिक झाेलामूक्त वनाउने अभियानमा लाग्न सबै नगरवासीलाई आह्वान गरे ।

उनले नगरलाई सफा र स्वच्छ राख्ने दायित्व नगरपालिकाकाे भएपनि यसमा सबै निकायकाे सहयाेगकाे उतिकै खाचाे रहेकाे वताए ।

प्रमुख प्रशाशकीय अधिकृत गणेशप्रसाद दाहालले
प्लास्टिक र प्लाष्टिकजन्य बस्तुले वातावरणमा पारेकाे नकारात्मक प्रभावकाे वारेमा वताएका थिए ।

गाेष्ठीमा सहभागीहरुले नगरलाई प्लाष्टिकमूक्त वनाउदा अपनाउनु रणनीति, कार्यक्रमहरुका वारेमा आ-आफ्ना धारणा पनि प्रस्तुत गरेका थिए ।

गाेष्ठीमा सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरेर छलफल गरााईएकाे थियाे । नगरपालिकाका सामाजिक शाखाका प्रमुख झमक घिमिरे तथा सामान्य प्रशासन शाखा प्रमुख महेन्द्र खड्काले गाेष्ठीकाे सहजिकरण गरेका थिए ।