क्यान्सर पीडित मिश्रा बिकको उपचारका लागि एकजुट भए केराबारीका बासिन्दा

  • २३ माघ २०७५, बुधबार

केशु विरही, केराबारी, माेरङ/ गरिवीका कारण उपचारमा समस्या आएपछि केराबारीकी मिश्रा विस्वकर्माकाेे उपचारका लागि खर्च जुटाउन स्थानीय युवाहरु एकजुट भएका छन् ।

लामाे समयदेखि घाटीकाे क्यान्सरबाट पिडित केराबारी गाउँलिका वार्ड नं ८ अाधारशीला टाेल निवासी गाेपाल विश्वकर्माकी पत्नी मिश्रा विश्वकर्मालाई हाल भारतकाे दिल्ली स्थित राजिव गान्धी ईन्सटिच्युट एण्ड रिसर्च सेन्टरमा उपचारका लागि भर्ना गरिएकाे छ ।

अार्थिक अवस्था अति नै कमजाेर भएकाे परिवारकाे एक्लाे प्रयासले उपचार सम्भव नभए पछि उनलाई बचनउन स्थनीयहरु एकजुट भएका हुन ।

विगत लामाे समय देखि घाटीकाे क्यान्सरबाट पिडित भएर उपचारकाे क्रममा रहेकी मिश्राकाे जीवनरक्षाका लागि रकम जुटाउन स्थानीयहरुले मिश्रा बचाअाैँ अभियान नै संचालन गरिरहेका छन् ।

याे अभियानमार्फत अहिले स्थानीयहरु टाेलटाेलमा पुगेर अार्थिक संकलन गरिरहेका छन् र जम्मा भएकाे रकम बैंकमा जम्मा गरिरहेका छन् ।

माग १६ गतेदेखि सुरु गरिएकाे अभियानमा हालसम्ममा रु १ लाख ५९ हजार ७ सय १० रुपैया जम्मा भएकाे र याे अभियान जारी रहने मिश्रा बचाउ अभियानका संयाेजक समेत रहेका स्थानीय गाेकुल थापाले जानकारी दिएका छन् ।

उनी मिश्राकाे अार्थिक अवस्था कमजाेर भएकाेले उपचारमा समस्या अाएपछि अाफूहरु उनलाई बचाउनेअभियानमा लागेकाे वताउँछन् ।

अभियानमार्फत जम्मा भएकाे रकम सप्तकोशी बिकास बैक लिमिटेड, शाखा कार्यालय केराबारी मोरङ
खाता न: 0120000328010 मा जम्मा गरिएको छ । र सहयाेग गर्न चाहने महानुभावले साेझै बैंक खातामा जम्मा गर्न सकिने पनि अभियानले जनाएकाे छ ।

परिवारले दिएकाे जानकारी अनुसार हालसम्म उनकाे उपचारमा करिब ४ लाख नेरु खर्च भै सकेको र उनलाई उपचारका लागि थप रु ६ लाख भारु लाग्ने अांकलन गरिएकाे छ ।

यसरी गरिबी र अभावमा गुज्रिएकी एउटी दलित महिलाकाे उपचारका लागि खर्च जुटाउन युवाहरुले अभियान नै संचालन गर्नुलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् ।

याे कार्यले अार्थिक अभावमा अब कसैले ज्यान अब गुमाउनु पर्दैन भन्ने सन्देश दिएकाे स्थानीय नारायणप्रसाद भुजेलकाे मत रहेकाे छ ।

उनी अभावमा रहेकालाई यसरी सहयाेग गर्न पाउँदा साह्रै खुसी लागेकाे पनि वताउँछन् ।