विद्यार्थीहरुलाई धमाधम अस्ट्रेलियाको भिषा निकाल्दै इम्पेरियल ईन्स्टिच्युट

  • १९ माघ २०७५, शनिबार

दिपा थापा, इटहरी / बिगत २ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इटहरीस्थित  इम्पेरियल ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिसले अस्ट्रेलिया भिसाको लागि नयाँ उपलब्धि हासिल गरेको छ । 
अस्ट्रेलिया अध्ययन गर्न ४ बर्ष भन्दा बढी ग्याप भएका बिद्यार्थीलाई भिसा लगाएर उपलब्धि हासिल गरेको हो ।
२०७२ सालमा बिज्ञान बिषयमा १२ कक्षा अध्ययन गरिसकेकी बिद्यार्थी निशा पुलामीको अस्ट्रेलिया अध्ययनको लागि जनबरी २४ तारिकमा भिसा लागेको इम्पेरियलका सञ्चालक बद्री अर्यालले बताए ।
यो अवसरले गर्दा लामो ग्याप भएको बिद्यार्थीहरुले राम्रो अवसर दिन सकिने कुुुरा प्रमाणित भएको सञ्चालक अर्यालले बताए । भिसा प्राप्त गरेकी बिद्यार्थीको अस्ट्रेलियाको कलेजमा स्नातक आइटी विषयमा भर्ना भइसकेको र उनको मार्च ३ तारिकको टिकटको ब्यवस्था समेत पनि गरिसकेको उनले बताए । पुलामीको भिसाका लागि अस्ट्रेलियामा रहेको गुडबिल कन्सल्टले सहजीकरण गरेको सञ्चालक अर्यालले बताए ।

विद्यार्थीहरु अस्ट्रेलिया आइसकेपछि उनीहरुलाइ बस्ने, खाने, रोजगारको लागि सहयोग गर्ने र पिआर अप्लाइ गर्नेसम्मको काम गरिदिने गरी अस्ट्रेलियाको गुडबिल कन्सल्टले इम्पेरियलसंग सहकार्य गरिरहेको छ ।
लामो ग्याप भएका बिद्यार्थीहरुलाइ अस्ट्रेलियाको भिसा लगाउन सफल काठमाडौको करियरसेफर्स एजुकेसन कन्सल्टेन्सीका प्रमुख सुदिप श्रेष्ठले उपत्यका बाहिर पनि बिद्यार्थीहरुले यस्तो अवसर पाउनु उपलब्धिमुलक भएको बताए  ।

काठमाडौको धेरै कन्सल्टेन्सीहरु धाएं, सबैले हुदैन भने” तर इम्पेरियल एजुकेसन कन्सल्टेन्सीको काउन्सिलिङ बाट प्रभावित भएर हेटौंडबाट इटहरी आएर अप्लाइ गरेकी थिएंं यहीँबाट काम भयो विद्यार्थी निशाले भनिन् ।डेढबर्ष भन्दाबढी ग्याप भएको बिद्यार्थीहरुलाइ भिसा पाउन हुने मानिन्छ ।