सुकुना क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी विरामीले लिए सेवा

  • २५ माघ २०७५, शुक्रबार

विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा मोरङको बिराटचोकस्थित सुकुना वहुमुखी क्याम्पसमा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको स्वास्थ्य शिविरमा दुई सय विरामीले सेवा लिएका छन् ।मेडिकल कलेजका कृष्ण कडेंलको नेतृत्वमा आएको चिकित्सक टोलीले आवश्यक उपचार परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा जेनेरल मेडिसिन, नाक कान घाँटी रोग, स्त्री रोग, आँखा रोग र हाडजोर्नी तथा नशा रोग सम्बन्धि उपचार, परामर्श तथा  औसधी समेत निशुल्क वितरण गरिएको थियो  । शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुलाई विराट मेडिकलको तर्फबाट ल्याब टेस्टमा १५ प्रतिशत र भिडियो एक्सरेमा ५० प्रतिशत छुट व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।