आठराईमा मुलुकी देवानी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २९ माघ २०७५, मंगलवार

तुलसी राम धमला, तेह्रथुम / तेह्रथुमको आठराईमा मुलुकी देवानी संहिता बिषयक १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।
आठराई गाउँपालिका वडा न ७ थाेक्लुङ्गकाे सामुदायिक भवनकाे हलमा आयाेजित कार्यक्रममा मानव अधिकार , देवानी एेेन  ,फाैजदारी सम्बन्धि व्यवस्था , संम्वन्ध बिच्छेद संम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा छलफल भएकाे छ ।
वडान: ७ का जनप्रतिनिधि, शिक्षक , महिला स्वास्थ्य स्वएम सेविका , महिला अधिकार मञ्चका प्रतिनिधि स्थानीयबासी सहभागी कार्यक्रमकाे सहजिकरण अधिवक्ता छबि बास्काेटाले गर्नु भएकाे थियो ।
कानुनि व्यवस्था सम्बन्धि जानकारी स्थानीय स्तरमै गराउने उदेश्यका साथ अाठराई गाउपालिकाकाे ७ अाेटै वडामा कार्यक्रम सञ्चालन भईरहेकाे छ ।
अाठराई स्थित वडा न: ४ काे ईवा र वडा न: ५ काे छातेढुङ्गामा यस अघि नै कार्यक्रम सम्पन्न भएकाे अायाेजक संस्थाहरुले जानकारी गराएकाे छ ।
मंगलबार  सम्पन्न कार्यक्रम एक्सन एड नेपाल तथा देउराली साेसाईटी तेह्रथुमको अार्थिक सहयाेगमा महिला अधिकार मञ्चले अायाेजना गरेकोे हाे ।
कार्यक्रम वडा न ७ थाेक्लुङका वडा अध्यक्ष राेहित कन्दङवाकाे प्रमुख अातित्यथा तथा महिला अधिकार मञ्च थाेक्लुङका अध्यक्ष बिष्णु कुमारी कन्दङवाकाे अध्यक्षतामा सम्पन्न भएको  थियो ।