धनकुटामा जारी प्रदेश स्तरिय महिला फुटबलमा झापा, मोरङ र उदयपुर बिजयी

  • १४ फाल्गुन २०७५, मंगलवार

धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय छनौैैट प्रतियोगिता अन्तर्गत मंगलबार  तीन खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा झापाले सुनसरीलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । उक्त खेलमा झापाकी दिक्षा चौधरी ओम्यान अफ द म्याच घोषित भएकी छिन् ।

यस्तै दोस्रो खेलमा उदयपुरले ओखलढुंगालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा उदयपुरकी सरस्वती चौधरी ओम्यान अफ द म्याच घोषित भएकी छिन्  । यस्तै अर्को खेलमा सखुवासभालाई पराजित गर्दै मोरङले जित हासिल गरेको छ । मोरङले संखुवासभालाई शुन्यको विरुद्ध ४ गोल गरेको थियो । उक्त खेलमा मोरङकी इमा राई ओम्यान अफ द म्याच भइन् ।

प्रतियोगिताबाट आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय टीम छनौैैट गरिने जिल्ला खेलकुद विकास समिती धनकुटाका अध्यक्ष भोगेन्द्र थापाले बताए । प्रतियोगितामा बुधबार  पनि तिन खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १४ टिमको सहभागीता रहेको रहेको छ ।