ताप्लेजुङले जित्यो १ नम्बर प्रदेशस्तरीय महिला फुटवलको उपाधि

  • १७ फाल्गुन २०७५, शुक्रबार

धनकुटामा संचालन भैरहेको प्रदेश नम्वर १ स्तरीय महिला फुटवल प्रतियोगिताको यस बर्षको उपाधी ताप्लेजुङ जिल्लाले चुम्न सफल भएको छ ।

शुक्रबार भएको ताप्लेजुङ्ग र मोरङ्ग विच भएको प्रतिसप्रधात्मक खेलमा ताप्लेजुङ्गले मोरङ्गलाई शुन्यको विरद्ध एक गोल गर्दै यस बर्षको १ नम्वर स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो । प्रतियोगितामा मोरङ्गले उपविजेतामा चित्त बुझायो भने झापा जिल्लाले तेस्रो स्थान हासिल गर्न सफल भयो ।

१ नम्वर प्रदेशका सवै १४ जिल्लाले भाग लिएको उक्त महिला फुटवल प्रतियोगिताका विजयी खेलाडीहरुलाई र रेफ्रीहरु र सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, प्रदेश नम्वर १ का खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, धनकुटा जिल्ला अध्यक्ष भोगेन्द्र थापा, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द्र राई लगायतले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
सो अवसरमा पूर्व सांसद गोपाल गुरागाई, बरख गणका गणपती कर्णेल युवराज केसी, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख निरञ्जन वस्ती, नेकपा धनकुटाका प्रतिनिधि नैन विश्वकर्मा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, संघिय समाजवादी फोरम नेपाल धनकुटाका दिल कुमार राई, यूवा परिषद धनकुटाका अध्यक्ष अर्जुन छारा, अभिभावक संघका केन्द्रिय उपाध्यक्ष तथा धनकुटा प्रादेशसिक राजधानी निर्माण अभियान परिचालन समितिका संयोजक सुन्दरवाबु श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग, निवर्तमान अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग, उद्यमी विष्णु माया कन्दङ्वा, ताप्लेजुङ्ग फुटवल संघका अध्यक्ष बाल कुमार सावा, धनकुटा फुटवल संघका पूर्व अध्यक्ष अशोक भगत श्रेष्ठ, शम्भु, म्याच कमिसार आषिश राई, सरिन राई, रुपेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मनोज राई, प्रमुख नविन प्रधान लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको संचालन शिक्षक राम वहादुर श्रेष्ठले गरेका थिए  ।
आठौं राष्टिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश नम्वर १ बाट महिला फुटवलका लागि जम्मा १८ जना महिला खेलाडीहरु समेत छनौट गरिएको जिल्ला खेलकुद विकास समिति धनकुटका प्रमुख नविन प्रधानले बताए ।
– विजय राई,धनकुटा