करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट

  • १८ फाल्गुन २०७५, शनिबार

केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ ।

फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।

महिला तर्फकाे खुल्लामा ओखल ढुगांकी सुजता राई र पुरुषतर्फबाट ओखल ढुंगाका विनोद निरौला छनाेटमा परेका छन् ।

शनिबार  सम्पन्न प्रतियाेगितामा ४५ केेेजी तौल समुहमा ओखलढुंगाकै रुपा मगर ५० केेेजी तौल समुहमा पाँचथरकी श्रद्धा मगर र ५५ केेेजी तौल समुहमा पाँचथरकै प्रतिमा लावती विजयी भएका छन्  ।

यसैगरी पुरुष तर्फ ४५ केेेजी तौल समुहमा पाँचथरका प्रवेश नेम्वाङ, ५० केेेजी तौल समुहमा पाँचथरकै राम लिम्बु, ५५ केेेजी तौल समुहमा समेत पाँचथरका अमृत लावती छनोट भएका छन ।

त्यसैगरी ६० केेेजी तौल समुहमा मोरङका गोपाल लाल सिङ् ६५ किलो ग्राम समूहमा सोलुखुम्बुका गौरव आचार्य छनोट भएका छन्  ।

विभिन्न जिल्लावाट छनोट भएर आएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियाेगिता गराएर छनोट गरीएको प्रदेश खेलकुद विकास समितिका सदस्य तथा फुल कन्ट्र्याक कराते खेलाडि छनोट समितिका संयोजक राजन प्रसाईले बताए ।

छानोटमा परेका खेलाडीहरुलाई बेलबारी नगरपालिकाका प्रवक्ता एवम बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।

बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलाल, फुल कन्ट्रयाक करांते महासंघ प्रतिनिधिहरु राम बहादुर बमजन र कान्छालाल वाइवा, बेलबारी खेलकुद विकास समितिका अध्यक्ष हेमन्त सुवेदी, लायन्स क्लब अफ बेलबारीका अध्यक्ष केदार प्रसाई लगायतकाे सहभागिता रहेकाे थियाे ।