साफ महिला च्याम्पियनसिप : माल्दिभ्स विरुद्ध ६ गोल गर्दै भारत बिजयी

  • २९ फाल्गुन २०७५, बुधबार

विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतसँग मालदिभ्स ६-० ले पराजित भएको छ ।

बुधबार भएको खेलमा सबै भन्दा शक्तिशाली मानिएको भारतले मालदिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । एक पक्षीय खेलको मध्यान्तर अघि भारतले मालदिभ्स विरुद्ध पाँच र मध्यान्तरपछि एक गोल गर्यो ।

भारतले सातौं मिनेटमा गोलको खाता खोलेको थियो । १२ औ मिनेटमा स्वटीदेवी नाङवाङले दोस्रो गोल गरिन् । २२ औं मिनेटमा इन्दुमति खाथिरसानले भारतका लागि तेस्रो गोल गरिन् । २७ औं मिनेटमा सन्जुले मध्य भागबाट प्राप्त बललाई नियन्त्रणमा लिंदै पोष्टको दिशा दिएर भारतका लागि चौथो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा रतनवालादेवी नङमाईथेनको फ्रिकिक गोलमा परिणत हुँदा मध्यान्तर अघि भारतले गोल अन्तर ५–० बनायो ।

मध्यान्तरपछि खेलको ८९ औं मिनेटमा भारतले मालदिभ्स विरुद्ध १ गोल थपेपछि भारत ६–० गोलअन्तरले बिजयी बन्यो ।  मालदिभ्सका प्रशिक्षक मोहम्मद आतिफले आफ्ना मुख्य तीन खेलाडी घाइते भएको र उनीहरुले राम्रोसँग आराम नगरिकन मैदान उत्रनु परेकोले हार बेहोर्नु परेको बताए । भारतकी प्रशिक्षक मेमोल रोकीले खेलाडीको उत्कृष्ट प्रदर्शन नै जितको मुख्य कारण भएको बताइन् ।