धनकुटा कांग्रेसले पुराना नेता कार्यकर्ताहरुको अभिलेख राख्ने, पार्टी प्रशिक्षण बिभाग गठन

  • २ चैत्र २०७५, शनिबार

आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ बैचारिक रुपमा सशक्त बनाउदै पार्टी संगठन विस्तार तथा सुदृढ गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा ९ सदस्यीय प्रशिक्षण बिभाग गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको बैठकले गठन गरेको प्रशिक्षण विभागमा उपभापति नविन किशोर शाक्य र सदस्यहरुमा गणेश चापागाई, दिनेश अधिकारी, निरज प्रधान, घनश्याम बराल, दिपक गुरागाई, सुमना तिम्सिना,हिमा चेम्जोङ्ग र रेणुका कार्की रहेेेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।

जिल्लाका सवै तहका नेता तथा कार्यकर्ताहरुलाई बैचारिक हिसावले प्रशिक्षित गरी पार्टी संगठनलाई सशक्त र सुदृढ बनाउन शहरदेखि गाउंँ गाउंँसम्म प्रशिक्षण  अभियान संचालन गर्न प्रशिक्षण विभाग गठन गरिएको पार्टी प्रचार विभाग समेत रहनु भएका पार्टी सचिव विजय सन्तोषी राईले वताए  ।
नेपाली कांग्रेस धनकुटाको शनिबार सम्पन्न जिल्ला कार्यसमितिको पूर्ण बैठकले २००३ सालदेखि हालसम्म पार्टीमा क्रियाशिल रहनु भएका सवै नेता तथा कार्यकर्ताहरुको अभिलेख तयरा गर्ने ,धनकुटाका सात वटै तहमा भएका जनविरोधी तथा अनियमिताको विषयहरुमा भण्डाफोर गर्ने र विभिन्न संचार माध्यमबाट सार्वजानिक गर्ने र पार्टी तथा भातृसंस्थाहरुलाई क्रियाशिल र सशक्त बनाउने र कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले गरेको निर्णयहरु कार्यन्वयन गर्नका लागि केन्द्रिय समितिलाई आग्रह गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको कोषाध्यक्ष दिनेश राईले वताए ।
बैठकमा प्रदेश सभा सदस्य लिला सुब्बाले प्रदेश सभाले अहिले गरिरहेको कामको वारेमा जानकारी गराएका  थिए । त्यसैगरी उपसभापति नविन किशोर शाक्यले पार्टीले अहिले गरिरहेको अभियानको विषयमा जानकारी गराएका  थिए  । – बिजय राइ