लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न

  • ३ चैत्र २०७५, आईतवार

बेलवारी ११ लक्ष्मीमार्गमा तीन महिने निःशुल्क कम्प्युटर तालिम  सम्पन्न भएको छ ।
बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थिक सहयोग र लक्ष्मीमार्गस्थिर  एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।

उक्त तालिममा ३५ जना स्थानीय युवाहरु सहभागी रहेका थिए । उक्त इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का वडा अध्यक्ष याम बहादुर पोख्रेल (राजन) ले तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिम सञ्चालनले युवा विद्यार्थीहरुलाई कम्प्युटर प्राविधिक बन्न बद्दत पुगेको र आगामि दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने इन्स्टिच्युटका संचालक नव चौधरीले बताउनुभयो ।