धनकुटामा छिट्टै यातायात कार्यालय स्थापना गर्ने मुख्यमन्त्रीको आश्वासन

  • ११ चैत्र २०७५, सोमबार

धनकुटा । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईसंँग धनकुटाबासीले धनकुटामा तत्काल यातायातको कार्यालय राख्न, धनकुटा अस्पताललाई स्तर उन्नति गरी ५० शैयाको बनाउन र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल गरिदिन माग गरेका छन्  ।
धनकुटा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राई, धनकुटाका प्रदेश नम्वर १ का सांसदहरु निरन राई, इन्द्रमणी पराजुली, कुसुम कुमारी श्रेष्ठ, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, सहिदभूमी गाउपालिका प्रमुख मनोज राई, छथरजोरपाटी गाउपालिका प्रमुख शेर वहादुर लिम्बु, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष तारा तुतिङ्ग, नागरिक समाजका धनकुटाका अध्यक्ष दोर्ण गुरागाई, सावित्रा वान्तवा,राई, जिल्ला खेकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा, समाजसेवी तथा यूवा व्यावसायीहरु धिरेन थिङ्ग तामाङ्ग, फुर्वा घिसिङ्ग लगायतले मुख्य मन्त्री शेरधन राईसँग धनकुटामा तत्काल यातायतको कार्यालय राख्न, धनकुटा अस्पताललाई ५० शैयाको बनाउने निर्णय गर्न र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल समेत गरिदिन समेत माग गरेेेका हुन् ।
सो अवसरमा मुख्य मन्त्री राईले धनकुटामा यातायातका कार्यालय लगायत अन्य कार्यालयहरु राख्ने प्रदेश मन्त्रीपरिषदको बैठकले तत्काल निर्णय गर्ने वताए । उनले प्रदेशको राजधानी र नामाकरण सहमतिकै आधारमा प्रदेशसभाले तोक्ने र त्यसका लागि पहल भैरहेको समेत बताए ।

धनकुटाको हिलेमा भएको मुख्य मन्त्री राईसंग भएको भेटघाट तथा छलफलमा प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसंग धनकुटाको एक टोलीले धनकुटाको विकास र समृद्धीको वारेमा छलफल गर्दै मुख्यमन्त्री राईको ध्यानार्कषण गराएका नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए  । – विजय राई,धनकुटा