पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या

  • १४ चैत्र २०७५, बिहीबार

उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् ।
बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणकारी माविमा कक्षा ९ मा अध्ययनरत रहको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए ।

बालकको आमा केही वर्ष अगाडि अर्कैसँग भागेको र यहीँ वर्ष मात्रै बुबाले अर्की आमा बिबाह गरेको स्थानीय बताउँछन् । मृतकका बाबु हाल वैदेशिक रोजगारमा छन् । एक्लोपना र पारिवारिक तनावका कारण वालकले आत्महत्या गरेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्  । यद्यपी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।