समर्थन र विराेधका आन्दाेलनले अशान्त बन्दै सुकुना बहुमुखी क्याम्पस

  • १५ चैत्र २०७५, शुक्रबार

 सुन्दरहरैंचा, माेरङ/ सामुदायिक स्तरमा संचालन भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे माेरङकाे सुन्दरहरैंचामा रहेकाे सुकुना बहुमुखी क्यामपसका प्रमुुुख सहित अन्य केही शिक्षकहरुले दोहोरो सुविधा लिएको भन्दै त्यसकाे विराेधमा नेवि सङ्घले केहिदिन अघि सुरु गरेकाे  आन्दाेलनमा दुई पक्षविच भएकाे झडपकाे विषयलाई लिएर दैनिक हुने विराेध र समर्थनकाे  आन्दाेलनले सुकुना बहुमुखी क्याम्पस अशान्त वन्न पुगेकाे छ ।

सुकुना मावि र सुकुना क्याम्पसमा कार्यरत केही शिक्षकहरुले लिइरहेको दोहोरो सुविधा खारेजकाे विषयलाई लिएर बुधबार क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउन खोज्दा नेविसंंघ र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएकाे थियाे । झडपमा नेवि संघका क्याम्पस इकाइ सभापति विजय तोलाङ्गीको नोबेल मेडिकल कलेजमा आइसियु कक्षमा उपचार भइरहेको बताइएको छ । त्यस्तै नेविसंंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, इकाइ सदस्य जीवन बस्नेत र समीर सम्राट पनि घाइते भएका थिए ।

साेहि विषयलाई लिएर अहिले त्यहाँ दैनिक रुपमा विराेध र समर्थनमा आन्दाेलन भैरहेका छन् ।आफ्ना कार्यकर्तामाथि भएकाे आक्रमणकाे विराेधमा विहिवार र शुक्रबार लगातार रुपमा नेविसंघले विराेधसभा गर्दै आएकाे छ ।

साेहि विषयलाई लिएर शुक्रबार बिहान नेविसंघले विराेध जुलुस निकालेकाे थियाे भने त्यसकाे केही घण्टा वित्न नपाउदै अनेरास्ववियुले शिक्षक केशव भट्टराई माथि भएकाे हातपातकाे विराेधमा विराेध जुलुस निकाल्याे ।विराटचाेकबाट सुरु भएकाे विराेध र्याली क्याम्पस हुँदै पुन : विराटचाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे ।

काेरणसभालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष नविन घिमिरे, सुकुना बहुमुखी क्याम्पसका उपसभापति मिलन घिमिरे लगायतकाले सम्वाेधन गरेका थिए ।

नेविसंघले शुक्रबार बिहान आयाेजना गरेकाे विराेधसभालाई सम्वाेधन गर्दै नेवि संघ क्याम्पस ईकाई समितिका पूर्व अध्यक्ष समेत रहेका नेपाली काङ्ग्रेस बेलबारी नगर समिति सचिव राजेश खत्रीले सुकुना बहुमुखी क्याम्पसमा कहिल्यै लाेकतन्त्र आउन नसकेकाे आराेप लगाए ।

स्कुलमा पढाउने शिक्षकहरुले दोहोरो सुविधा लिएको बिषयबाट शुरु भएको बिवाद र आन्दोलनले उग्ररुप लिईरहेकाे छ । जसबाट पुर्वकै राम्रो मानिने सुकुना क्याम्पसको साखमा आँच आउने लक्षण देखिन थालेको छ । त्यसैले पौठेजोरी होईन, आपसी वार्ताबाट समझदारी कायम गर्नु नै बुद्धिमानी हुने देखिन्छ । – केशु बिरही