विद्युत चोरी र दुर्घटना रोक्नका लागि धनकुटामा गरियो विविध कार्यक्रम

  • २७ चैत्र २०७५, बुधबार

नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले मंगलबार विद्युत सुरक्षा दिवस २०७५ को अबसरमा विभिन्न कार्यक्रम गरेको छ ।

‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ’ भन्ने मूल नाराका साथ मनाइएको विद्युतीय सुरक्षा दिवसमा ‘हुकिङ गरी बत्ति नबालौँ , विद्युतीय दुर्घटनाबाट बचौँ’, विद्युत वाइरिङ गर्दा ‘अर्थिङ’ अनिवार्य गरौँ र गराऔँ’ जस्ता चेतनामूलक प्लेकार्डसहित प्रभातफेरी गरिएको थियो ।

जिरो प्वाइन्टस्थित विद्युत प्राधिकरणबाट सुरु भएको प्रभातफेरि मदन चोक, हुलाक टोल बिचबजार, भीमनारायण चोक हुँदै प्राधिकरणको कार्यालयमै पुगेर एक औपचारिक कार्यक्रम गरेपछि सकिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त शाखा प्रमुख सजीब श्री रम्तेलले लापरबाही नगरे आजैैदेखि विद्युतीय सुरक्षाको सुरुवात  हुने बताए । उनले विद्युतीय सुरक्षाका उपकरण प्रयोग गर्न सबै कर्मचारीलाई निर्देशन दिएका थिए ।