धनकुटामा नहुने भो प्रदेशको राजधानी, प्रदेशको सम्पर्क कार्यालय चाहिँ रहने

धनकुटामा यातायातको सेवा कार्यालय राख्ने प्रदेश सरकारको निर्णय

  • १७ बैशाख २०७६, मंगलवार

प्रदेश १ सरकारको मन्त्री परिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ ।

प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्न नसकिरहेको बेला मन्त्री परिषदले सो निर्णय गरेको हो । तत्कालका लागि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने ब्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिए ।
त्यस्तै धनकुटामा नै यातायात बिभागको सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सेवा कार्यालय मार्फत  धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका जनताले सेेवा लिन सक्ने ब्यबस्था गरिएको प्रदेेश सरकारले जनाएको छ ।