कतारमा विभिन्न कार्यक्रम सम्पन्न, सार्वजनिक भो ‘युद्धका ती दिन, एक पत्रकारको भोगाई’ पुस्तक

  • २ असार २०७६, सोमबार

अर्जुन पौडेल ,दोहा । नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित ‘ युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक कतारमा सार्बजनिक गरिएको छ ।

जुन १४ शुक्रबार सनैयास्थित अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा महासंघले “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” र “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” को अबसरमा सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा  माओबादी जनयुद्धको उथलपुथलपूर्ण दिनहरुको प्रतिनिधि मुलक कथा समेटिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिपुल पोख्रेलले देश परिबर्तनको निम्ति कलमचलाएर दिनरात खट्ने साहसी पत्रकार हरुको खुलेर प्रशंशा गरेका थिए l लेखिका संगीता खड्का दुई दशकदेखि पत्रकारितामा सक्रिय तथा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य समेत छिन् l

संघका अध्यक्ष करिम बक्स मियाँ को सभापतित्व र नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिपुल पोख्रेलको प्रमुख आथित्यमा कार्यक्रम एकै हलमा विभिन्न चार चरणमा  सम्पन्न भएको थियो l पहिलो चरणको “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” गरिएको थियो । सोही  चरणमा अनेसास तथा नबोदित साहित्यिक बाचनालयको ९३ औं डबली पस्त्तुत गरिएको थियो l डबली कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर महासचिव लेख कार्कीले सन्चालन गरेका थिए । डबलीमा हरेक डबली जस्तै दर्जन बढी गजलकारहरुले गजल वाचन गरिएको थियो l
सोही कार्यक्रम अन्तरगत अर्को चरणमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” पनि गरिएको  थियो । “आधी बाटो हिडेपछि ” गीतबाट हलको पछाडी बाट प्रस्ततु उ र म जोडीले हलमा उपस्थित सम्पूर्णलाई सांगेतिक रौनकमा पुर्याएका थिए l तिमि बिना बाच्न गार्हो भो,उकाली चढौला,भिज्यो सिरानी, कालो लामो , गाजलु ति ठुला जस्ता दर्जनौ गित बाट दर्शक हरुलाई भरपुर मनोरज्नन दिलाएका थिए l

प्रेमिल जोडीका प्रेमिल गीतहरुले उपस्थित दर्शकहरुले हरेक गीतलाई तालीले साथ दिदै भरपुर सांगेतिक मजा लिएका थिए l कतारमा पहिलो पटक एकल साझ भएको कराण पनि यो एक सफल साँस्कृतिक साँझ रहयो l
नेपाल नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब दिल कुमार श्रेष्ठ ले सन्चालन गरेको उक्त कार्यकममा नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सह–आयोजक भुमिका निर्वाह गरेका थिए ।