सुकुना क्याम्पस सञ्चालक परिषदको तेह्रौं बैठक भब्य रूपमा सम्पन्न

  • २९ भाद्र २०७६, आईतवार

 सुकुना बहुमुखी एक क्याम्पस सुन्दरहरैंचाले शनिबार विशेष कार्यक्रमका विच तेह्राै संचालक परिषद सम्पन्न गरेकाे छ  । 
क्याम्पसकाे सभाहल सम्पन्न परिषद भेलाकाे उद्घाटन कानुन न्याय तथा  संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गरेका थिए ।
साे कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराम तिम्सिना, जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पाेखरेल, पूर्व क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ, सुन्दरहरैंचा उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाई लगायतकाे सहभागिता रहेकाे थियाे ।
परिषद वैठकलाई संवाेधन गर्दै कानुन तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले क्याम्पस स्थापनामा जसरी एक भएर लागेजस्तै यसकाे विकास र सम्वर्धनका लागि भविष्यमा एक भएर जानु पर्ने कुरामा जाेड दिए ।
प्रमुख अतिथि ढकालले क्याम्पसलाई आफ्नाे तर्फबाट पूर्ण सहयाेग रहने वताए ।
प्रदेश सांसद राजकुमार अाेझाले कुनै पनि संस्थाकाे विकास हुनुमा त्यसमा संलग्न पात्रहरुमा पनि भर पर्ने वताए । असल पात्र भएकै कारणले सँगै जन्मिएका क्याम्पसकाे तुलनामा फड्काे मार्न सकेकाे वताए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  प्राज्ञिक निकायमा अार्थिक पारदर्षिताकाे मूख्य महत्व रहेकाे वताए ।
क्याम्पस संचालक समितिका उपाध्यक्ष गाेपाल बहादुर थापाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
  क्याम्पस प्रमुख चन्द्रमणि राईले संचालक समितिले तयार पारेकाे नीति तथा कार्यक्रम पस्तुत गरेका थिए ।
कार्यक्रममा प्रा डा डिल्लीराज तिम्सिना, जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पाेखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त परिसद सभाकाे संचालन भने सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए ।