बेलबारी सहकारीको १८ औं साधारणसभा सम्पन्न, संचालक समिति पनि गठन

  • ५ आश्विन २०७६, आईतवार

केशु विरही, बेलबारी, माेरङ / बेलबारी बहुउद्देशीय सहकारीले शनिबार  एक कार्यक्रम गरेर १८ औं साधारण सभा गरेकाे छ ।

बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा भएको उक्त साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।i

साधारणसभाले प्रताप थापाकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिकाे पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा विद्यालक्ष्मी न्यौपाने, सचिव दुर्गा सुवेदी चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा लालबहादुर गुरुङ,माधवराज थापा,शंकरप्रशाद गौतम,सावित्रा वन,पुर्णबहादुर गुरुङ, गोपाल प्रसाद सुवेदी, बालाकुमारी गुरुङ र रुक्मिणी धिमाल चयन भएका छन् ।

साधारणसभाले चुडामणी खतिवडाकाे संयाेजगत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिकाे पनि चयन गरेको छ ।

साधारणसभालाई संवाेधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले समाज विकासमा सहकारी उल्लेख्य भूमिका रहेकाे बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुवेदीले नगरपालिकाले गरीबसँग नगरपालिका कार्यक्रम अन्तरगत बाेयर जातका बाेका पालनलाई महत्व दिएर गरीव तथा विपन्न नगरवासीकाे आर्थिक अवस्थामा परिवर्तन गर्न लागि रहेकाे वताए ।

साे अवसरमा उत्कृष्ठ अंक ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने सेयर सदस्यका सन्तान र विभिन्न जेष्ठ सदस्यहरुलाइ पनि सम्मान गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष प्रताव थापाले संस्थाकाे हित नचाहनेले याे सहकारी डुव्याे भनेर हल्ला फिजाएकाे वताए । उनले त्यस्ता हल्ला फिजाउनेलाई बाहिर बाहिर चिया गफमा भन्दा कार्यालयमा आएर हिसाब किताब हेर्न र एक रुपैया मात्र खाएकाे भए प्रमाणित गरेर देखाउन चुनाैति समेत दिए ।

साे अवसरमा जिल्ला सहकारी जिल्ला संघ माेरङका निवर्तमान अध्यक्ष हरिप्रसाद सुवेदी, वडाध्यक्ष चक्रबहादुर खुलाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सचिव नन्दराज गिरीले संचालक समितिकाे तर्फबाट तयार पारिएकाे प्रगति प्रतिविदेन र लेखा संयाेजक कुलप्रसाद बरालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्र खुलाल, नगर कार्यपलिका सदस्य खिना थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर संयाेजक पर्शुराम सुवेदी, नेकाका महेन्द्र सुवेदी, जिल्ला सहकारी संघ माेरङका निवर्तमान अध्यक्ष हरिप्रसाद सुवेदी, बेलबारी नगरपालिका सहकारी विभाग प्रमुख ईन्द्रमणि कट्टेल लगायतकाे सहभागिता रहेकाे थियाे ।