कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

  • २६ पुष २०७६, शनिबार

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् ।

दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् ।

मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् ।

बेलबारी नगरपालिकाले एक वडा उत्पादनको कार्यक्रम घोषणा गरेसंँगै अहिले वडाहरुले ब्याबसायिक खेतिमा ध्यान दिन थालेका छन् ।

एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत बेलबारी वडा नम्बर १ ले कृषकलाई ब्याबसायिक बनाउन च्याउ खेति सम्बन्धि तालिम सहित विउ वितरण गरेको छ । तिन दिन दिएको तालिममा १ सय ३९ जनाले सहभागिता जनाएका छन्  ।
सामुहिक खेतिको अभ्यास गराउन पहिलो चरण तालिम तथा विउ दिएको वडा सदस्य बिन्दु गुरुङले बताइन् ।
तिन दिनसम्म च्याउका प्रजाति, च्याउ खेति गर्ने तरीका, स्थाननिय कच्चा पदार्थ तथा त्यसको प्रयोग सिकाइएको थियो । प्रयोग सहित सहभागीहरुलाई च्याउ एको बेलबारी कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । कृषकहरुले समेत तालिमलाई सिपमा उतार्ने बताएका छन ।