पिताकाे चाैरासीका दिन कबिरमा लक्ष्मणले स्थापना गरे तीन लाखको अक्षयकाेष

  • २५ फाल्गुन २०७६, आईतवार

बेलबारी नगरपालिका वार्ड नं -२ लालभित्ती, माेरङ निवासी लक्ष्मणजङ्ग थापाले आफ्ना बुबाकाे ८४ औं  जन्मदिनमा विद्यालयमा ३ लाख बराबरकाे अक्षयकाेषकाे स्थापना गरेका छन् ।

शिक्षा सन्देश शैक्षिक प्रतिष्ठान तथा गाेल्डेन फ्यूचरका अध्यक्ष समेत रहेका थापाले आईतबार पिता दिलबहादुर थापाकाे शुभ चाैरासीका दिन बेलबारी -२, लालभित्तीमा रहेकाे कविर माविमा “दिलबहादुर उमादेवी अक्षयकाेष” काे स्थापनाका लागि तीनलाख बराबरकाे चेक विद्यालयका प्र.अ. दुर्गा गाैतमलाई हस्तान्तरण गरेका हुन् ।

साे अक्षयकाेषका लागि चेक हस्तान्तरण कार्यक्रममा वाडाध्यक्ष घनश्याम गाैतमकाे समेत सहभागिता रहेकाे थियाे ।पिताकाे चाैरासीका दिन थापाले शाधु सन्तलाई भाेजनका साथै तुलादान समेत गरेका थिए ।