तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार 

  • ९ चैत्र २०७६, आईतवार

नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् ।

मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३ सय १ जनाको भिडियो एक्सरे, २ सय ६५ जनाको ल्यावटेष्ट र १ सय १ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै आँखामा समस्या भएका २७ जना र शरिरमा गाँठागुठी पलाएका २१ जनाको सामान्य शल्यक्रियासमेत गरिएको छ । नोबेलले यसअघि नेपालको सवैभन्दा होचो स्थान झापाको केचनामा निःशुल्क शिविर सञ्चालन गरेको थियो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।