कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

  • १८ चैत्र २०७६, मंगलवार

बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ ।

सोमवारदेखि  कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यसअघि नै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए । नगर क्षेत्र भित्र भिडभाड हुने सवै स्थानमा औषधि छर्कने उनले बताए ।