बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा रमिते वनले दियो एक लाख एघार हजार

  • २१ चैत्र २०७६, शुक्रबार

कोरोना भाइरस रोग रोकथाम बेलबारी नगर समन्वय समितिले एकद्धार प्रणालीवाट राहत वितरण गर्ने निर्णय गरेसगै नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा १७ लाख ४० हजार भन्दा वढी सकलन भएको छ ।

बेलबारी नगरपालिकाले स्थापना गरेको  १५ लाख रुपैयांँको कोषमा बेलबारी २ मा रहेको रमिते सामुदायिक बनले एक लाख १ हजार  १ सय ११ रुपैयांँ दिएको छ । साना किसान सहकारी संस्था बेलबारी १ ले २५ हजार र ११ ले १५ हजार, दिपजोति नारी विकास बचत तथा ऋण सहकारी संस्थाले पच्चीस हजार, सुनाखरी बहुउदेश्यीय सहकारी संस्थाले ११ हजार १ सय ११, गोल्डेन फयूचर सहकारी सस्थाले १० हजार र लालभित्ति बचत तथा ऋण सहकारीले १० हजार रुपैयांँ बिपत कोषका लागि बुझाएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यस्तै श्याम पान्डेले ५१ हजार बेलबारी नगरपालिकका कर्मचारी मदन रायमाझिले एक महिना बराबरको तलब २८ हजार, नगरपालिकाकै अर्का कर्मचारी निर्मल रिजालले दुई हजार पाँचसय र बेलबारी वडा न.६का मिलन राइले २५ सय रुपैया रकोषमा जम्मा गरीसकेको मेयर सुवेदीले बताए । बेलबारी जेसिजले १३सय २५ किलो चामल नगरपालिकामा बुझाएको छ । जम्मा भएको रकम जनप्रतिनिधि र कर्मचारी वाहेककको रहेको नगरपालिकाले जनाएको छ ।

एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबशायी,वित्तिय संघसंस्था तथा ब्यक्तिहरुलाई सहयोग गरिदिन नगरपालिकाले अपिल गरेको छ ।