सुनसरीमा वडाध्यक्षको मृत्यु, लकडाउनकै अवधिमा इटहरीले गुमायो दुई जनप्रतिनिधि

  • ५ बैशाख २०७७, शुक्रबार

इटहरी उपमहानगरपालिकाले लक डाउनकै अविधमा दुईजना जनप्रतिनिधि गुमाएको छ ।

वडा नम्वर १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती ५५ बर्षको उमेरमा निधन भएको छ । उहाँ लामो सयम देखि उपचारारत हुनुहुन्थ्यो । गएराती स्वास्थ्यमा थप जटिलता देखिएपछि नोवेल मेडिकल कलेज विराटनगर पुरयाउदा चिकित्सकले मृत घोषित गरेका हुन । उहाँको वुढिगंगा जमुना मुक्ति घाट इटहरीमा अन्तिम संस्कार गरिएको छ ।

यसअघि वडा नम्वर १० की दलित महिला सदस्य दुलारी ऋषिदेवको गत चैत २१ निधन भएको हो ।

यसैबिच इटहरी उपमहानगर नगर कार्यपालिकाको आकस्मिक वैठकले उहाँहरुको असामयिक निधनले उपमहानगर मर्माहत र स्तब्ध भएको जनाउदै शोक प्रस्ताव पारित गरेको छ । उहाँहरुको निधनले उपमहानगरलाई अपूरणीय क्षति भएको उपमहानगरले जारी गरेको शोक वक्तब्यमा उल्लेख गरिएको छ ।

उपमहानगरले वडाध्यक्ष चौधरी र वडा सदस्य ऋषिदेव प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहीरो समवेदना ब्यक्त गरेको छ । उहाँहरुको निधनमा शोक जनाउदै आज १ दिन उपमहानगरमा राष्ट्रिय झण्डा आधा झुकाउने र आज एक दिन उपमहानगर र वडाकार्यालयहरुमा शोक विदा दिने निर्णय गरिएको छ ।