दोश्रो चरणको राहत वितरण गदै इटहरी उपमहानगरपालिका

  • १८ बैशाख २०७७, बिहीबार

इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ ।

वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको हो । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिने छ । संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको हो ।

परिवारमा दुई भन्दा वढि संख्या हुनेलाई २० केजी चामल,दुई केजी दाल,डेढ लिटर तेल,एक केजी नुन र दुइवटा सावुन दिइने छ । दुइजना सम्म भएकालाई १० केजी चामल,एक केजी दाल,आधा लिटर तेल,एक केजी नुन र एक थान सावुन वितरण गरिदै छ ।

केही वडाहरुले मापदण्डमा परेका ब्यक्तिहरुलाई कुपन वितरण गरेर त्यहि कुपनका आधारमा राहत वितरण गर्दैछन । वडामा रातोदिन खटेर प्याकेजिडको काम गरिएको छ । यसअघि पहिलो चरणमा इटहरीमा २१ हजार वढिलाई राहत वितरण गरिएको छ । वन्दवन्दीको समयमा विपन्न वर्गका जनताले भोकभोकै वस्नु नपरोस भनेर उपमहानगरले राहत वितरण गरेको हो ।ब्यवस्थित कार्ययोजनका साथ दुरी कायम गरेर राहत वितरण गरिदै छ ।